बिचार/ब्लग

बर्दिया राष्ट्रिय निकुञ्जको संरक्षणमा समुदाय, शोकलाई शक्तिमा बदल्दै खुसी बाँड्ने प्रयास

अनलाइन नेपालगंज

बुधबार, १५ जेष्ठ २०७६

 -प्रेम विश्वकर्मा, बर्दिया

“हामी यो ठाउँमा बसी सकेपछि पीडा त भए, घरपरिवार जो जसमा आश्रित भएका आफन्तलाई गुमाउनु पर्दा एउटा छटपटी, एकदमै पीडा हुन्छ नै, तर पनि हामीले शोकलाई शक्तिमा बदल्दै यही ठाउँमा संघर्ष गर्नु पर्छ, भागेर समस्याको समाधान हुदैन, हाम्रो खुसी यही ठाउँमा छ भनी सहमत भयांैं ।”

यो भनाई हो, संरक्षणमा लाग्नुभएका एक युवा हेमन्त आचार्यको । जुन बन्यजन्तुले पीडा दियो त्यही बन्यजन्तुको संरक्षणका लागी उहाँ विगत १० बर्ष देखी निरन्तर सक्रिय रहनुभएको छ ।

उहाँको घर नदीको नजिकै थियो, उहाँको बुबालाई विंसः २०६६ सालमा जगंली हात्तीले मारेको हो । चोरी शिकार नियन्त्रण युवा परिचालन अभियान संञ्जाल बर्दिया (सीबीएपीयु) का अध्यक्ष समेत रहनुभएका हेमन्त आचार्य मात्र नभई आफन्त गुमाएका र धेरै दुख सास्ती पाएका घरपरिवारका सदस्य पनि यिनै बन्यजन्तुको संरक्षणमा सक्रियताका साथ लागेका छन ।

मध्यवर्ति क्षेत्रमा बसेका सबै ब्यक्तिका पीडा छन । यति मात्र फरक छ, की कोही साना जनावरबाट पीडित छन भने कोही ठुला जनावरबाट पीडित छन ।

कर्णाली नदी सँग राष्ट्रिय निकुञ्ज जोडिएका क्षेत्रहरुमा ठुला हिंस्रक जनावरहरुको जोखिम छ, जस्तै हात्ति, गैडा, बाघ । पाहाडि क्षेत्रहरुमा जस्तै बदेंल, चितुवा लगायतका जनावरहरुको जोखिम छ । यिनै हिंस्रक जनावरकै कारण २० जना महिलाले आफनो श्रीमान गुमाएका छन ।

१ सय ८७ जना जति ब्यक्ति शारीरिक रुपमा अपागंता भई बाँच्न बाध्य छन । तर संरक्षणको कार्यमा स्थानिय सहभागीता भने घटेको देखिदैन, बरु थपिने क्रम जारी बढ्दो छ । विसंः २०६० साल पौष २२ गते बाघको आक्रमणबाट आफनो बाँया आँखा नै गुमाउनुभएका भदै थारु पनि विगत १६ बर्षदेखी संरक्षणको काममा लाग्नुभएको छ ।

स्थानिय वनमा खर काट्ने काम शुरु भएको बेला निरिक्षणमा जानुभएका उहाँको पाटे बाघ सँग जम्काभेट भएपछि बाघले पहिलो पन्जा आँखामै प्रहार गर्यो, त्यही पनि उहाँले बाघलाई लडेर हराउनुभयो ।

मधुवन नगरपालिका वडा नम्बर ३ खाताका भदै थारु एकै आँखाको साहाराले पनि आफुमाथी आक्रमण गर्ने बाघ प्रति कुनै गुनासो नमानी संरक्षणमा निरन्तरण लागी रहेको भएको छ ।

बर्दिया राष्ट्रिय निकुञ्ज ठाकुरद्धारा बर्दियाका सहायक संरक्षण अधिकृत असोक भण्डारीका अनुसार २०५७ साल देखी हाल सम्मको अवधिमा ४८ जनाले बन्यजन्तुको आक्रमणबाट ज्यान गुमाएका छन ।

यस्ता पीडितलाई राहत स्वरुप प्रक्रिया पु¥याएर आउनेलाई केही क्षेतिपुर्ति पनि दिने गरिएको छ । अहिले निकुञ्जमा बन्यजन्तुहरुको संख्या बढ्दै गएको छ ।

तथ्याकं यस्तो छ, हेर्नुहोस :

अवस्थाहात्तिगैंडाचितुवाबाघजंगली बंदेलगोहीभालु
ब्यक्तिको मृत्यु ३५
ब्यक्ति घाईते१०५१७ १०१३
हाल निकुञ्जमा रहेका बन्यजन्तु१२० बढी३५८७

 

समुदायको सहभागीता

विंसः २०६४ सालमा तत्कालिन बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालयमा कार्यरत रमेश कुमार थापा सहित केही निकुञ्जका कर्मचारी र स्थानिय युवा गरी १५ जनाको कमिटीले बढ्दो चोरी शिकार रोक्नका लागी स्थानिय समुदायको सहभागीता गराउने कार्यको थालनी गरेको थियो ।

जतिबेला बन्यजन्तुको चोरी, तस्करी धेरै थियो, केही तस्करलाई यही कमिटीले समाउनका लागी सहयोग पनि गर्यो, र निकुञ्जका कर्मचारी, नेपाली सेना नभएका, नपुगेका ठाउँमा नियमित गस्ती गर्दै संरक्षणका गतिविधि अघि बढाइए ।

जस अनुसार अहिले बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ति क्षेत्रमा समन्वयका लागी १९ वटा उपसमिति र १ सय ३ वटा इकाईमा २५ सय बढी युवाहरु सहभागी बनेका छन ।

बन्यजन्तुको अवैध चोरी शिकार नियन्त्रण, जैविक बिबिधताको संरक्षण, युवाहरुको क्षमता अभिवृद्धि, समुदायमा आयआर्जन, पर्यटन प्रर्वद्धनका कार्यक्रमहरु चोरी शिकार नियन्त्रण युवा परिचालन अभियान संञ्जालले गर्दै आईरहेको छ ।

बर्दिया राष्ट्रिय निकुञ्जमा बन्यजन्तुको बढ्दो संख्याले मानव बन्यजन्तु बीचको द्धन्द्ध पनि बढी छ । राज्यको नितीका कारण क्षेती, दुख पीडा अनुसारको परिपुर्ति त बन्यजन्तु पीडितले पाउन सकेका छैन्न ।

कानुनी जटिलताले राहतका कुराहरु सहज रुपमा लिन गाहे छ, जस्तो बढी प्रभावित सुकुम्बासी बस्तीहरु, कहीँ अतिक्रमण गरी बसेकाहरु पनि देखिन्छन ।

यति गाहे जग्गा धनी प्रमाण पत्र लालपुर्जा भएकालाई देखिदैन । यद्धपी सन्तुष्ट हुने आधारहरु पनि केही छन, भन्नुहुन्छ चोरी शिकार नियन्त्रण युवा परिचालन अभियान संञ्जाल बर्दिया (सीबीएपीयु) का अध्यक्ष हेमन्त आचार्य ।

उहाँले भन्नुभयो, “यदी राष्ट्रिय निकुञ्ज हुन्थेन भने पनि विभिन्न बाहनामा जोडिने थिएन, भौगोलिक रुपमा पनि बिकट रहेको यस ठाउँमा अन्तको तुलनामा मुल्याकंन पनि माथी छ, पर्यटकलाई बर्दिया राष्ट्रिय निकुञ्ज सम्म पुग्नकै लागी पनि केन्द्र देखी तल्लो तह सम्म आवाज उठ्ने हुँदा बिकासका कुराहरु पनि बिस्तारै अगाडि बढेका छन ।”

यसैगरी ठाकुरद्धारा नगरपालिका वडा नम्बर ९ का स्थानिय टेकराज रोकायले भित्र पीडाँ सहेर बसेपनि बाहिर यो ठाउँका बारेमा हुने चर्चाले आफुहरुलाई गर्व लाग्ने गरेको बताउनुभयो ।

बर्दिया राष्ट्रिय निकुञ्ज

बर्दिया राष्ट्रिय निकुञ्जको क्षेत्रफल अहिले ९ सय ६८ बर्ग किलोमिटरमा फैलिएर रहेको छ भने मध्यवर्ति क्षेत्रको मात्रै क्षेत्रफल ५ सय ८ वर्ग किलोमिटर रहेको छ ।

सन १९७६ मा रोयल कर्णाली वाइल्डलाइफ रिर्सव भनेर ३ सय ४८ वर्ग किलोमिटर क्षेत्रफल रहेको भएपनि पछि सन १९८८ मा बढाएर ९ सय ६८ वर्ग किलोमिटर क्षेत्रफलमा बर्दिया नेशनल पार्क भनेर छुट्टाईएको थियो ।

कर्णाली, गेरुवा, बबई, ओरही नदी मुख्य नदी भएको यस क्षेत्रमा पाटे बाघ, हात्ति, एक सिंगे गैंडा, डल्फिन, गोही, दुर्लव प्रजातिको चार सिंगा लगायत विभिन्न बन्यजन्तु तथा पक्षीं, थारु, ब्राह्मण, क्षेत्रिका कला संस्कृति, मनोरम दृष्य सहित बनजंगलहरु हेर्न पाईन्छ ।

यस क्षेत्रमा करिब डेढ लाख जति जनसंख्या रहेको अनुमान छ । जलयात्रा, हात्ती सफारी, पदयात्रा, पिकनिक लगायतका विभिन्न कार्यका लागी उपयुक्त यस निकुञ्जमा सन २०२० को भीजीट नेपाललाई लक्षित गरी ४ वटा प्रवेश मार्ग पनि खोलिएको छ ।

सबै किसिमका पर्यटकका लागी सहज होस भनेर चेपाङ्ग, अम्बासा, बन्जरीय, रम्बापुरबाट पनि निकुञ्ज प्रवेशको ब्यवस्था मिलाईएको छ ।

पर्यटक तान्ने कसरी
बर्दिया राष्ट्रिय निकुञ्ज सगैं पर्यटकलाई भुलाउने अरु थुप्रै ठाउँहरु पनि छन । जस्तो बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर २ खैरापुरमा रहेको दुर्लव जनावर कृष्णसार, बढैयाताल गाउँपालिकामा रहेको बढैयाताल, बारबर्दिया नगरपालिकामा रहेको सतखलुवा ताल, होमस्टे लगायत ।

बर्दियामा पर्यटकलाई नियमित भित्रा्ई रहन ब्यवस्थापकिय कुराहरुमा ध्यान दिन अति जरुरी रहेको युएनडिपीका संञ्चार प्रमुख कमल राज सिंग्देल बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, “जस्तो की होमस्टेले यहाँको आर्थिक स्थिती बढाउने हो भने होमस्टेलाई ब्यवासायिक रुपमा संञ्चालन गर्नको लागी एउटा निति नियम बनाउन पर्यो, त्यो बर्दियामा भएका सबै नगरपालिका र गाउँपालिकाहरु मिलेर बनाउन पर्यो, पर्यटनको क्षेत्र हेर्ने निकाय, होटल, उद्योग ब्यवासायलाई जोड्न पर्यो, न्युनतम एउटा तह, स्तर कायम गरी त्यसै अनुसार नियमित अनुगमन निरिक्षण गर्नु पर्यो, यदी पुरा भएको छैन भने बन्द गर्ने सक्ने क्षमता राख्नु पर्यो ।”

बर्दियामा एक तहको पर्यटन बिकास भई ठाकुरद्धारा, बर्दिया राष्ट्रिय निकुञ्ज वरपरका ठाउँमा बाह्य र आन्तरिक पर्यटकहरु आईरहेका छन । तर अलिकति ब्यवस्थापकिय कुराको अभाव छ ।

सिंग्देल भन्नुहुन्छ, “अब पर्यटकहरुको स्तर वृद्धि हुदै जान्छ, एक तहको पर्यटक आउँछ, त्यसभन्दा पनि बढी पैसा खर्च गर्ने अर्को तहको पर्यटक पनि आउँछन, जस्तो सुकै तहको पर्यटन, पर्यटक भएता पनि सबैभन्दा पहिले सरसफाईमा ध्यान दिन पर्यो, दोस्रो कुरा पर्यटनको प्याकेज हुन पर्यो, त्यसै अनुसारको गाइडलाई तालिम दिन पर्यो, एउटा घरमा दुई वटा खाट मात्र राखेर होमस्टे हुने हो र ? होइन नी, त्यसलाई ग्रेडिङ गर्ने हो की, १, २, ३, ४ स्टार होमस्टे, कसैले त हेर्न पर्यो नी, नत्र भने त जसले जे गरिदिए पनि भयो, डल्लाको होमस्टे पहिला राम्रो थियो, अहिले चाँही मैले सुन्छु, त्यति राम्रो छैन भन्ने छ, अनि एक, दुई जनाको प्रभावले सारा डल्लाको होमस्टे खस्कन्छ, त्यसकारण गुणस्तरियतामा एकदम ध्यान दिन जरुरी छ, चाहे आन्तरिक पर्यटकका लागी होस, चाहे बाह्य पर्यटकका लागी होस ।”

बर्दियामा प्राय : असोज देखी असार पहिलो साता सम्म पर्यटकहरुको आगमन सिजन भएको पर्यटन ब्यवासायिहरु बताउँछन । नेपालकै मुख्य पर्यटकिय गन्तब्यको सुचिमा रहेको बर्दिया राष्ट्रिय निकुञ्ज ठाकुरद्धारा बर्दियामा संञ्चालीत गैडा क्याम्प रिसोर्टका संञ्चालक रामजी बाबु थापाले भने सडक यातायातका कुराहरुमा चाँडो सुधार गरिने पर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “बिदेशी पर्यटकलाई बर्दियामा आउने सबभन्दा ठुलो बाधक कुरा त के छ भने जुन हवाइजाहजले लिने भाडा छ, त्यो चाँही धेरै नै महंगो छ, जस्तो हामी नेपालीले ८ हजार रुपैयाँमा टिकट लियौ भने बिदेशीलाई यसको ३, ४ गुणा सम्म लिने गरिन्छ, त्यो पनि एकतर्फीको मात्र, अनि नेपालगंज देखी बर्दिया आउन फेरी अर्को गाडी खोज्नु पर्ने हुन्छ, जसले गर्दा पर्यटक आउन मन गर्दैन्न ।”

पर्यटन सुरक्षा
सुरक्षा र बिकास सगँ–सगैं जाने बिषय भएको नेपाल प्रहरीका पूर्व एआइजीपी रण बहादुर चन्द बताउनुहुन्छ । उहाँले भन्नुभयो, “पर्यटनको बिकास सगैं सुरक्षा जाने भयो, र सुरक्षा सगैं पर्यटनको बिकास पनि हुने भयो ।”

बर्दियामा पर्यटन क्षेत्रको तिब्र बिकासका लागी सबैभन्दा पहिले थप संम्भाब्यता अध्ययन, अनुसन्धान गर्न जरुरी रहेको उहाँ बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, “अध्ययन अनुसन्धानले त्यहाँ केके समस्याहरु, कहाँ छ भन्ने कुराको पहिचान गराउँछ, यसैगरी ति पहिचान भएका समस्याहरुलाई कुन–कुन निकायले हल गर्न सक्छ भन्ने कुराको र्निकौल गर्न सहयोग गर्छ, अनि यसको बिकास कहाँ सम्म जान सक्छ भन्ने कुराको जानकारी हुन्छ, त्यसकारण जुन अनुसन्धान बिज्ञहरुले गर्नुपर्छ, बर्दियाको कुरा गर्दा खेरी प्राकृतिक कुराहरु धेरै छ, त्यहाँ मान्छेहरु जान चाहान्छन, अब यसका लागी त त्यहाँ सबै नागरिकको सहयोग समर्थन हुन पर्यो, स्थानियको सहभागीता बिना दिगो पर्यटन विकास असंम्भव छ, यसकारण नेपाल सरकार, पर्यटन ब्यवासायि, प्रहरी, प्रशासनका गतिविधिहरु पनि जनसहभागीता वृद्धि हुने खालका सकारात्मक हुन आवश्यक छ ।”

पर्यटन सुरक्षा मान्छेको काम अनुसार फरक–फरक हुने भन्दै उहाँले भन्नुभयो, “जस्तो मान्छे ट्रेकिङमा जान्छ, यसमा तिन, चार पक्षको सहभागीता रहन सक्छ, पहिलो ट्रेकिङमा जाने समूह, यसले पनि पर्यटन सुरक्षाका न्युनतम सावधानी अपनाउनु पर्यो, दोस्रो स्थानिय सुरक्षाका कुरा, के गर्न हुन्छ, के गर्न हुदैन, स्थानिय कानुनले के भन्छ, त्यो कुरा गाइडलाई थाहा हुन पर्यो, उ आफु प्रशिक्षित हुन पर्यो सुरक्षाका बारेमा, तेस्रो त्यहाँ स्थानिय मानिसहरुलाई पनि सचेत गराउनु पर्यो, चौथो पूर्वाधारहरु पर्यटन पर्यटक मैत्री बनाईदिनु पर्यो, सुरक्षा भनेको मान्छेको घाउ, चोट पटक मात्र नभएर सडक, यातायातका सवारी साधान तथा मौसम अवस्थाको पूर्ण जानकारी, हेल्थ र हाइजिन्स, खाने बस्ने प्रबन्ध, औषधी, स्थानिय स्वयंम सेवक, होटलहरुको चेकलिष्ट लगायतका कुराहरु पर्दछन, जस्तो सडक दुर्घटनाको संख्या भएर हुदैन, कारण खोज्नु पर्यो ।”

प्रहरी र स्थानिय प्रशासन सबैको जोड कुनै पनि मान्छेले अनैतिक, अवैध काम गर्नुहुन्न भन्ने हो, भन्दै एआइजीपी चन्दले जुनै सुकै क्षेत्रको पर्यटक ढुक्क सगँ घुमफिर गर्न सक्ने, आपसी सहमतिमा उसले चाहेका ब्यक्ति सँग बस्न सक्ने वातावरण तयार गर्नका लागी कानुन भन्दा बाहिर नजाने गरी जिल्ला र अहिलेका स्थानिय सरकारहरुले पनि केही नितिहरु बनाउन सकिने तर्क गर्नुहुन्छ ।

पर्यटन बोर्डको नजर
बर्दिया आफैमा एउटा विशिष्ट पहिचान बोकेको जिल्ला भएको नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सुनिल शर्मा बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, “बर्दिया भन्ना साथ सबैभन्दा पहिले बाघकै संम्झना आउँछ, बर्दिया र बाघ भनेपछि पर्याबाची शब्द नै बन्या छ, स्थानिय समुदायले बाघ संरक्षणमा पु¥याउनु भएको योगदानलाई विश्व समुदायले प्रशांसा सहित उच्च मुल्यांकन गरि रहेको छ, त्यहाँका मानिस कला संस्कृति, होमस्टे, समुदाय, संरक्षण, विकास संग–सगैं कसरी गएको छ भनेर यसको अनुकरणीय उदाहरण त बर्दिया राष्ट्रिय निकुञ्ज र वरवरका समुदायहरु नै रहेका छन, यि कुराहरु र समुदायको शक्तिलाई हामीले प्राथामिकताका साथ बाहिर ल्याउनु पर्छ ।

यसले गर्दा पर्यटक आवागमनमा सहयोग पुग्छ । देश विदेशबाट आउनेहरुलाई हामीले पनि यस्तै खालका कुराहरु उजागर गर्ने हो ।”

पर्यटन, पर्यटक मैत्री वातावरण बनाउनका लागी पहिले आफनै घरबाट शुरुवात गर्नुपर्ने बताउदै शर्माले भन्नुभयो, “मैले के गर्ने, के नगर्ने भन्ने कुरा कसैले सिकाएर लादेर हुदैन, तालिमबाट लिएको ज्ञान केही दिनको लागी हो, मैले के गर्न सक्छु भनेर सोच्न पर्यो, प्लाष्टिकहरुको प्रयोगमा कमी ल्याउन कसरी बैकल्पिक बस्तु उपलब्ध गराउन सकिन्छ, फोहोरको ब्यवस्थापन, आयातित भन्दा मौलिक खाना के कस्तो दिन सकिन्छ भनेर पहिचान गर्नु आवाश्यक छ, जस्तो चिनीया पर्यटकहरु घुमफिरका लागी शौखिन हुन्छन, तर हरेक देशका पर्यटकले आ–आफनो बिशेषता बोकेका हुन्छन, सबै पर्यटकलाई एकनासको सामाग्री प्रस्तुत गर्न सक्दैनौं, चीनीया पर्यटकको कुरा गर्दा उहाँहरु धेरै प्रविधिको प्रयोग गर्नुुहन्छ, त्यस कारण हाइस्पीडको इन्टरनेट हुन आवाश्यक छ, खानपीनका पनि शौखिन हुनुहुन्छ, बर्दिया मात्र होइन अन्य क्षेत्रमा पर्यटक पु¥याउनु छ, भने उहाँहरुको रुचीलाई पनि हेरी दिनु पर्ने हुन्छ, उहाँहरुले राम्रो पैसा दिने भएकाले खाने कुरामा कन्जुस्याई गर्नु हुदैन, बनाउन सकिन्न, आफ्नै घर तयार छैन भने पर्यटकलाई बोलाएर दुःख कष्ट दिनुहुदैन, किनभने उहाँहरु हाम्रो अतिथि, पाहुना हुनुहुन्छ ।”

–सुझाव, प्रतिक्रियाका लागी bk.prem0@gmail.com