मुख्य खबर

बोनम्यारो पीडित नेपालगंज ७ का पुुनम नेपालीलाई आर्थिक अभाव, उपचारमा समस्या

अनलाइन नेपालगंज

शनिबार, ४ जेष्ठ २०७६

बोनम्यारो पीडित पुुनम नेपाली बचाउ अभियानको टिमले नेपालगन्जमा आज पत्रकार सम्मेलनको आयोजना गरि सहयोगको अपिल गरेको छ ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ७ प्रतिशिल मार्ग निवासी बोनम्यारो पीडित पुुनम नेपालीलाई केही बर्षदेखि ए प्लाष्टिक एनिमिया रोगले ग्रसित बनायो ।

घरको आर्थिक स्थिति कमजोर भए पनि सकेसम्म उपचाररत पुनमका श्रीमान सुरेश नेपालीले ८ लाख बराबरको औषधी उपचार गरिसकेको पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो ।

संघ–संस्था र व्यक्तिगत सहयोगले उपचार गर्दै आएको छु अझ पुर्णरुपले सन्चो हुन १० देखि १५ लाखसम्म खर्च लाग्ने भएको हुनाले पैसाको खोजीमा भौतारिरहेको छु ।

आफ्नो नाममा भएको एक पक्की कोठा बाहेक केही नरहेको हुनाले श्रीमति पुनमको उपचारका लागि दिनरात सोचीरहेको हुन्छु सुरेशले भन्नुभयो । अभियानका संयोजक मिरा श्रेष्ठका अनुसार नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जमा उपचार गरिरहनुभएका पीडितलाई आर्थिक अभाव भएको छ ।

पुनमको उपचारका लागि नेपालगन्ज उपमहानगरपालिकाका नगरप्रमुख डाक्टर धवल सम्शेर राणाले ५० हजार रुपैयाँ, कमिट नेपालद्वारा गठित महिला बचत समुह, नेपालगन्जको समुहले १० हजार रुपैयाँ, कोहलपुर नगरपालिकाको समुहले ९ हजार ९ सय रुपैयाँ, बर्दिया राजापुर नगरपालिकाको समुहले २१ हजार २ सय रुपैयाँ, र कमिट नेपालमा कार्यरत कर्मचारीहरुले २४ हजार ५ सय रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको अभियानका संयोजक श्रेष्ठले जानकारी गराउनुभयो ।

पुनमलाई आर्थिक सहयोग गर्न चाहनेहरुले बैंक आफ काठमाण्डौंमा रहेको श्रीमान सुरेश नेपालीको खाता नम्बरं. ०५०५०००१८११७५२४ मा जम्मा गरि दिन सक्नुहुनेछ ।

-पत्रकार भगतराम थारुको सहयोगमा….