अर्थ/बजार

राष्ट्रिय बीमा कम्पनीलाई धन्यबाद, म खुसी छु : सिता कुमारी भण्डारी

अनलाइन नेपालगंज

मंगलवार, २४ बैशाख २०७६

बर्दियाको ठाकुरबाबा नगरपालिकामा कार्यरत कर्मचारी सिता कुमारी भण्डारीलाई ४२ हजार ९ सय २० रुपैयाँ उपलब्ध गराईएको छ ।

राष्ट्रिय बीमा कम्पनी र कर्मचारी सञ्चयकोष बीच औषधी उपचार योजनामा भएको सम्झौता अनुसार उहाँलाई पत्थरीको अप्रेशनका लागी उपचार खर्च उपलब्ध गराईएको हो ।

२२ बैशाख २०७६ का दिन राष्ट्रिय बीमा कम्पनी शाखा कार्यालय नेपालगंजका प्रमुख नविन शर्मा (पौडेल) र कर्मचारी सञ्चयकोष कोहलपुर शाखाका प्रमुख कमल अर्यालले संयुक्त रुपमा रकम बराबरको चेक हस्तारण गर्नुभएको थियो ।

१ मंसिर २०७५ देखी लागु भई कार्यन्वयनमा रहेको यस योजना अन्र्तगत राष्ट्रिय बीमा कम्पनीले सम्पुर्ण सञ्चयकर्ताको स्वास्थ्य उपचार बीमा भुक्तानी दिने सिलसिलामा सिता कुमारी भण्डारीले उपचार खर्चको दाबी गर्नुभएको थियो ।

बिना झन्झट सहज रुपमा आफुले उपचार बापतको दाबी गरेको रकम पाएपछि बीमा योजना प्रति खुसी ब्यक्त गर्दै सन्तुष्ट रहेको प्रतिक्रिया दिनुभयो । साथै कर्मचारी सञ्चयकोष र राष्ट्रिय बीमा कम्पनीलाई धन्यबाद ज्ञापन पनि गर्नुभयो ।