अन्य

संस्थागत क्षमता विश्लेषण लेखाजोखा गर्नका लागि ४ दिने कार्यशाला

अनलाइन नेपालगंज

बुधबार, ४ बैशाख २०७६

सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जको संस्थागत क्षमता विश्लेषण लेखाजोखा तेस्रो पटक भईरहेको छ ।

पारस्पारिक जवाफदेहिता परियोजना अन्र्तगत संस्थागत क्षमता तथा व्यवस्थापनका विषयमा संस्थागत क्षमता विश्लेषण लेखाजोखा गर्नका लागि ४ दिने कार्यशाला नेपालगन्जमा भईरहेको हो।

कार्यक्रममा संस्थाको आन्तरिक तथा बाह्रय क्षमता, चुस्त वित्तिय व्यवस्थापन प्रणाली, संस्थालाई चाहिने नियमावली, निर्देशिका लगायतका विषयमा क्षमताको लेखाजोखा गरि मार्किङ गरिनेछ ।

कार्यशालामा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लु) का क्षमता अभिवृद्धि अधिकृत पारश गिरी र देवराज बडुले सहजीकरण गरिरहनु भएको छ । कार्यक्रममा संस्थाका कार्यसमिति र सम्पुर्ण कर्मचारीहरुको सहभागिता रहेको छ ।

कार्यशालापछि मार्किङको आधारमा कार्ययोजना निमार्ण गरि कार्यान्वयन गर्ने संस्थाका अध्यक्ष विश्वजित तिवारीले बताउनुभयो ।

संस्थागत क्षमता विश्लेषण लेखाजोखाले संस्थाको सुशासन कायम गर्नमा मद्धत पुग्ने संस्थाका कार्यकारी निर्देशक राकेश मिश्रले जानकारी दिनुभयो ।