अर्थ/बजार

राजश्व छलि गरी पु¥याईदै गरिएको १२ लाख रुपैयाँ मुल्य बराबरको मेघाश्री, गुट्खा बरामत

अनलाइन नेपालगंज

मंगलवार, २६ चैत्र २०७५

राजश्व छलि गरी पु¥याईदै गरिएको १२ लाख रुपैयाँ मुल्य बराबरको मेघाश्री, गुट्खा प्रहरीले बरामत गरेको छ ।

इलाका प्रहरी कार्यालय मोतिपुर बाँसगढी बर्दियाबाट प्रहरी निरीक्षक बसन्त कुमार गौतमको कमाण्डमा खटी गएको प्रहरी टोलीले चेकजाँचका क्रममा मेघाश्री, गुट्खा लोड गरिएको बलेरो पिक अप जिप सहित चालकलाई पनि नियन्त्रणमा हो ।

आज बिहान बाँसगढी नगरपालिका वडा नम्बर ५ बाँसगढी बजारबाट समातिएको भे १ च ३०६२ नम्बरको जीपका चालक कैलाली लम्की चुवा नगरपालिका वडा नम्बर १ का २३ बर्षिय रमेश चौधरी रहेका छन ।

पश्चिमबाट पूर्व तर्फ आउदै गर्दा बीचबाटोमै बरामत भएको मेघाश्री, गुट्खा कैलालीको लम्की चुवा नगरपालिका वडा नम्बर २ मा रहेको श्री देउती गुट्खा ईण्डष्ट्रिज बाट लक्ष्मी ट्रेडिङ्ग कोहलपुरमा पठाउन लागीएको १ सय ४० बोरा रहेको छ ।

बरामत भएको मेघाश्री, गुटखा गाडि चालकलाई आवाश्यक कारवाहीको लागि आन्तरिक राजश्व कार्यालय कोहलपुर बाँके पठाईएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।