अर्थ/बजार

गुलरिया ४ मा स्मार्ट कृर्षि गाउँको उद्दघाटन

अनलाइन नेपालगंज

बिहीबार, २१ चैत्र २०७५

बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर ४ मा स्मार्ट कृर्षि गाउँको उद्दघाटन गरिएको छ । एक औपचारिक समारोहका बीच नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य तथा प्रदेश नम्बर पाँचका सांसद तिलक राम शर्मा (हिमाल) ले स्मार्ट कृर्षि गाउँको उद्दघाटन गर्नुभएको हो ।

करिब ५० विगाह जमिन र ५० घरधुरीलाई समावेश गरिने भनिएको स्मार्ट कृर्षि गाउँबाट युवालाई ब्यवासायिक बनाउने मुख्य उद्देश्य रहेको छ ।

त्यस कारण कृर्षि बाली र पशुपालनमा सहभागी अतिथीहरुले जोड दिएका छन ।

स्मार्ट कृर्षि गाउँ संञ्चालन समितिका अध्यक्ष आइतु चौधरीको अध्यक्षतामा भएको समारोहमा कृर्षि ज्ञान केन्द्र नेपालगंज बाँकेका प्रमुख सागर ढकाल, नेकपाका युवा नेता गेहेन्द्र प्रसाद ढकाल, जनप्रतिनिधि, स्थानिय समाजसेवी बुद्धिजिवी वर्ग लगायतका उपस्थिती रहेको थियो ।

बर्दिया जिल्लाका ४ वटा ठाउँमा स्मार्ट कृर्षि गाउँ बनाउने कार्य शुरु

https://onlinenepalgunj.com/2019/03/05/7858