फिचर

तरुण नेता अनिस पुरीको हत्यारा पक्राउ गर्न सरकारलाई तरुण दलको २४ घन्टे अल्टिमेटम

अनलाइन नेपालगंज

मंगलवार, २८ फाल्गुन २०७५

आईतबार देवदह रुपन्देहीमा तरुण नेता अनिस पुरीको हत्यालाई लिएर यति बेला नेपाल तरुण दल निकै आक्रोशित बनेको छ । तरुण दल केन्द्रिय समितिले प्रेस विज्ञप्ति जारी गर्दै २४ घण्टा भित्र सबै हत्याराहरुलाई पक्राउ गरी कारवाही नगरे सरकार विरुद्ध कडा सडक आन्दोलन चर्काउने चेतावनी समेत दिएको छ । उता जिल्ला भ्रमणमा रहेका नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जित जंग बस्नेतले सरकारको रवैया अब नचल्ने र तरुण दल कडा प्रतिकारको लागि तम्तयार रहेको बताएका छन् । यस्तै उनले शोकाकुल परिवारलाई समवेदना समेत प्रकट गर्दै अनिसको परिवारको साथमा सधैब नेपाल तरुण दल रहने प्रतिबद्धता समेत जाहेर गरेका छन् ।


हिजो नेपाली काँग्रेस म्याग्दी जिल्ला कार्यसमिति र नेपाली काँग्रेस पर्वत जिल्ला कार्यसमितिले छुट्टा छुट्टै २ विशेष आमसभामा बोल्दै केन्द्रीय अध्यक्ष बस्नेतले यस्तो अभिव्यक्ति दिएका हुन् । आमसभा कार्यक्रममा नेपाली काँग्रेस पार्टी सभापति शेर बहादुर देउवा, बरिष्ट नेता रामचन्द्र पौडेल, पार्टी प्रवक्ता विश्वो प्रकाश शर्मा लगायतका नेताहरुको उपस्थिति रहेको थियो । यस्तै उनले वाईड बडी प्रकरणको कुरा स्मरण गराउदै पर्यटन मन्त्री रबिन्द्र अधिकारी बितेर गए पनि उनलाई भ्रष्टाचारी युक्त भन्न नसकिने बताएका छन् । साथै उनले यस प्रकरण लगायत ३३ किलो सुन काण्ड सबैमा के.पी ओलीको संलग्नता रहेको प्रष्ट पारेका छन् ।


३३ किलो सुन नभई ३८ कुन्टल सुन प्रकरण रहेको र सुनलाई भित्र भित्रै तामा बनाईदै उक्त काण्ड सेलाउने प्रयास गरेको आरोप समेत उनले लगाएका छन् । यस्तै उनले हराएको उक्त सुन के.पी ओली र प्रचण्डको घरबाट निस्किने समेत बताएका छन् । यस्तै उनले एन्सेल काण्डमा के.पी ओली, प्रचण्ड संगै योगेश भट्टराईको पनि समेत जोडिएको बताएका छन् । देशको हरेक घोटाला काममा के.पी ओलीको हात रहेको र देश लुट्ने क्रम जारी रहेको उनले बताएका छन् ।

स्व. कृष्ण प्रसाद भट्टराईको काठमाडौँको जनतालाई मेलम्चीको पानी खुवाउने सपनालाई पनि के.पी ओली र प्रचण्ड मिलेर भताभुंग पार्ने काम गरेको र अर्बौ पैसा कुम्ल्याउने काम गरेको सिधा आरोप लगाएका छन् । आमसभामा उनि निकै सशक्त ढंगले प्रस्तुत भएका थिए । जनताको हक अधिकारको रक्षा अब नेपाल तरुण दलले गर्ने विश्वास समेत उनले ब्यक्त गरेका छन् ।

हेर्नुस भिडियो :