फिचर

दर्पण राईको “यो मुटु दुख्छ किन” लाई सुशान्त खत्रीले दिए नया रुप, अहिले सम्मकै खतरा फिल डान्स (भिडियो सहित)

अनलाइन नेपालगंज

सोमबार, २७ फाल्गुन २०७५

प्राय जसो नया प्रयोग गर्न रुचाउने गीतकार तथा मोडल दर्पण राईले यसपटक फेरी यस्तै नया प्रयोग गर्ने कोशिश गरेका छन् । प्रशंग हो उनको नया गीतको जसमा अहिले सम्मकै केहि फरकपन अनुभूति गर्न सकिन्छ । केहि दिन अगाडी मात्र उनले आफ्नो नया गीत “यो मुटु दुख्छ किन” बोलको गीत बजारमा सार्वजनिक गरेका छन् । उनको शब्दमा र संगीतमा तयार भएको यस गीतमा गायक राजेश पायल राईले स्वर भरेका छन् । गीतमा टेकेन्द्र याक्सोको अरेन्ज रहेको छ ।

गीत निकै सुन्दर र मर्मशील रहेको छ । उसै पनि उनलाई मन छुने शब्द लेख्ने गीतकारको सुचिमा राखिन्छ । “तिम्ले बाटो फेरेउ अरे”, “तिम्ले बाटो फेरेउ अरे २” यो संगै उनका थुप्रै गीत हिट लिस्टमा समावेश भईसकेको छ । यसपटक उनको गीत जति फरक छ उति नै फरक भिडियो बनेको छ । उनको गीतको भिडियोलाई फिल डान्स भिडियोको उपनाम दिईएको छ । शान थापाको निर्देशन, अनिल के मानन्धरको छायांकन र सुप्रिम पराजुलीको सम्पादन रहेको भिडियोमा भारत देखि नेपाल सम्म नाम चलाएका डान्सर सुशान्त खत्रीको अत्ति नै सुन्दर डान्स रहेको छ ।

उसै पनि उनलाई भावना बगेर गीतको हरेक शब्दमा डान्स गर्न सक्ने डान्सरको रुपमा चिनिने गरिन्छ । उनको यहि परिचय उनले यस भिडियोमा पनि देखाएका छन् । सुशान्तले गीतको हरेक शब्दलाई आफ्नो डान्सबाट बयान गर्ने कोशिश गरेका छन् । हेर्दा नै फरक र रमाइलो लाग्ने यस भिडियोले धेरैको मन छुने देखिन्छ । युटुबमा रिलिज भए संगै निकै राम्रो प्रतिक्रिया यस गीत र भिडियोले प्राप्त गरिरहेको छ । हेर्नुस भिडियो :