अर्थ/बजार

बर्दिया जिल्लाका ४ वटा ठाउँमा स्मार्ट कृर्षि गाउँ बनाउने कार्य शुरु

अनलाइन नेपालगंज

मंगलवार, २१ फाल्गुन २०७५

बर्दिया जिल्लाका ४ वटा ठाउँमा स्मार्ट कृर्षि गाउँ बनाउने कार्य शुरु गरिएको छ । जस अनुसार २ वटाको उद्दघाटन नै गरिसकिएको छ भने अरु २ वटाको उद्दघाटन गर्ने तयारी छ ।

कृर्षि ज्ञान केन्द्र नेपालगंज बाँकेका प्रमुख सागर ढकालका अनुसार यसका लागी प्रदेश नम्बर ५ सरकारले ४ बर्षे कार्यक्रम अन्र्तगत ५० लाख रुपैयाँ छुट्टाएको छ । साथै स्थानिय सरकार र जनसहभागीतामा पनि १० लाख रुपैयाँ थप गर्ने योजना रहेको छ ।

जसबाट एउटा ठाउँमा ५० वटा बढी घरधुरी लाभाम्बित हुने अपेक्षा लिईएको छ । स्मार्ट कृर्षि गाउँका लागी मधुवन नगरपालिका वडा नम्बर ८ शिवनगरमा उन्नत जातका गाई, भैसी पालन गरिने छ ।

गुलरिया नगरपालिका वडा नम्बर ४ तुल्सिपुरमा तरकारी, मकै, मास लगायतका खेतीबाली गरिने छ भने राजापुर नगरपालिका वडा नम्बर ५ मुखियाजपुरमा चैते धान उत्पादनमा जोड् दिईने छ ।

यसैगरी बढैयाताल गाउँपालिका वडा नम्बर ७ बकोटिया दाङपुरमा आलु, मकै, मास लगायतका खेती बाली लगाउने योजना छ । प्रदेश मातहतको कार्यालय कृर्षि ज्ञान केन्द्र नेपालगंजले बाँके र बर्दिया हेर्ने गरेको छ ।

प्रदेश नम्बर ५ भुमि ब्यवस्था, कृर्षि तथा सहकारी मन्त्रालयको स्मार्ट कृर्षि गाउँ कार्यक्रम संञ्चालन कार्यविधि २०७५ को दफा ८ को उपदफा १ मा ब्यवस्था भएको निर्देशक समितिको बैठक बसी कार्यक्रम संञ्चालनका लागी ५२ वटा गाउँ स्वीकृत गरिएको थियो ।

जसमा प्रदेशभरीका १२ जिल्ला समेटिएका छन ।  -साभार : रेडियो मर्निङ्ग स्टार ९० मेगाहर्ज