अन्य

अस्मिता पुुन मगरको दुबै मृर्गौलामा समस्या भएपछि सहयोगका लागी आग्रह

अनलाइन नेपालगंज

शुक्रबार, १७ फाल्गुन २०७५

बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नम्बरं. १ की अस्मिता पुुन मगरको दुबै मृर्गौलामा समस्या देखिएको छ । करिब २ बर्षदेखि यता देखी उपचार गराउदै आउनुभएका उहाँले नेपाल भारतका धेरै अस्पताल सम्म पुगी सक्नुभएको छ । तर समस्या उस्तै बल्झि रहेको छ ।

आर्थिक समस्याका कारण उपचारमा अहिले थप समस्या आएको उहाँका बुवा प्रेम विकले बताउनुभयो । उपचार गर्दा गर्दै अहिले सम्म ११-१२ लाख रुपैयाँ जति खर्च भईसकेको उहाँको भनाई छ ।

काठमाण्डौंंको विर अस्पताल, सुमेरु अस्पताल, नेपालगन्ज मेडिकल कलेज कोहलपुर लगायतका अस्पतालमा पु¥याउँदा धेरै खर्च भएकाले अहिले आर्थिक समस्या भएपछि घरमै राखिएको अस्मिताका बुवाको भनाई छ ।

स्थायि घर सुर्खेतको गुमी घर भएपनि हाल नेपालगन्ज १ मा बस्दै आउनुभएका उहाँ बैदेशिक रोजगारीका लागी कतारमा जाने गर्नुहुन्छ । अस्मिताले १८ बर्षको उमेरमा नेपालगन्ज पुरैनीका एक युवासंग भागि विवाह गर्नुभएको थियो ।

विवाह पछि घरपरिवारले हेला गरेपछि माइतीको सरणमा आएको उहाँले बताउनुभयो । उहाँ सँग अहिले ५ बर्षको छोरा पनि छ । आफनो जिवन रक्षाका लागी सक्दो सहयोग गरिदिनुहुन सबैमा उहाँले अनुरोध गर्नुभएको छ ।

अस्मिता पुुन मगरलाई सहयोग गर्न चाहानेले राष्ट्रिय बाणिज्य बैंक नेपालगन्जको खाता नंम्बर. ४१३००३९९३११० मा रकम जम्मा गर्न सक्नुहुनेछ । अथवा फोन नम्बर ९८४८२०८३१७ र ९८१२४३०९०२ मा सम्र्पक गरेर पनि सहयोग गर्न सकिने छ ।