अन्य

बर्दिया प्रहरी हातहतियार कारोबारीलाई पक्राउ गर्न सफल

अनलाइन नेपालगंज

आईतवार, २९ पुष २०७५

लामो समयको अध्ययन र अनुसन्धान पछि बर्दिया प्रहरीले हातहतियार कारोबारीलाई पक्राउ गर्न सफल भएको छ । भारतको बहराईच जिल्ला थाना मुर्तिहा तहसिल नानपारा ग्राम चित्लहवाका २० बर्षिय सलमान खाँनलाई पक्राउ गरि सार्वजनिक गरेको हो ।

हातहतियार कारोबार भईरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय गुलरिया बर्दियाबाट खटिएको विशेष प्रहरीको टोलीले आज बिहान ११ बजे उनलाई पक्राउ गरेको थियो ।

गुलरिया नगरपालिका वडा नम्बर १० कालाबन्जार गडरिया चोकबाट परेका उनको साथबाट युपी ३१ एआर ६८२६ नम्बरको भारतीय नंम्बर प्लेट भएको मोटर साईकल, कटुवा पेस्तोल एक थान, गोली १ राउण्ड, २९ हजार ७ सय ९६ रुपैैयाँ नगद, लागु औषध जस्तो देखिने खैरो धुलो पदार्थ ३ ग्राम बरामत गरिएको प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुरेन्द्र प्रसाद मैनालीले जानकारी दिनुभयो ।

पक्राउ परेका खानलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय बर्दियाको हिरासत कक्षमा राखीएको प्रहरीले जनाएको छ ।