फोटो फिचर

सुष्मा हत्या घटना, श्रीमान मोहन बोहरा सहित बुवाआमाको १० दिन म्याद थप, महिला द्धारा कडा कारर्बाहीको माग

अनलाइन नेपालगंज

बिहीबार, २६ पुष २०७५

-भीम उचै ठकुरी, गुलरिया 

हत्या आरोपमा पक्राउ परेका ब्यक्तिलाई १० दिन थप म्याद थपी गहिरो अनुसन्धान प्रक्रिया अगाडि बढाईएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय गुलरिया बर्दियाका प्रमुख प्रहरी उपरिक्षक (एसपी) सुरेन्द्र प्रसाद मैनालीले भन्नुभयो, “केटाका बाबुआमा र केटाको म्याद थप गरिएको छ, भने अनुसन्धानको कामलाई तिब्र अगाडि बढाएका छौं ।”

गएको मंगलबार राती बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर ५ आफनै घरमा २५ बर्षिय श्रीमति सुष्मा कुंवर (बोहरा) को हत्या आरोपमा श्रीमान मोहन बोहरा सहित उनका बुवाआमालाई प्रहरीले पक्राउ गरेको थियो ।

उनीहरु अहिले जिल्ला प्रहरी कार्यालय गुलरिया बर्दियाको हिरासतमा रहेका छन । गुलरिया बजार नजिक रहेको कृष्णसार टोलका ३५ बर्षिय मोहन बोहरा नेपाली सेनाको जबरजंग गण बुटवलमा कार्यरत सैनिक जवान हुन ।

उनले श्रीमतिको हत्या आफुले गरेको स्विकार गरि सकेका छन । उता बर्दिया जिल्लामा क्रियाशिल महिला अधिकारकर्मी तथा स्थानिय महिलाहरुले सुष्मा कुंवर (बोहरा) का हत्यारालाई कडा कारर्बाहीको माग राख्दैं आज दबाब मुलक ¥याली समेत निकालेका छन ।

गुलरिया खैरापुर सडक खण्डमा पर्ने स्थानिय तुलापुर चोक बाट निस्केको ¥याली जिल्ला प्रहरी कार्यालय भित्रै प्रवेश गरेपछि प्रहरीले रोक्न निकै कसरत गर्नुपरेको थियो । सुरक्षाका लागी नेपाल प्रहरी र शसस्त्र प्रहरीको दुई घेरा बनाउनु परेको थियो ।

पूर्व सभासद लिला राना मगर लगायत ¥यालीमा सहभागी महिला नेत्रीहरुले अपराधी, दोषिलाई कुनै पनि बाहनामा उन्मुक्ति दिन नहुने भन्दै कडा भन्दा कडा कारर्बाही हुनु पर्ने माग राखेका थिए ।

मृतक सुष्माका २ वटा छोरा रहेका छन । केही दिन शान्त रहेको बर्दिया सुष्मा हत्या घटना सगैं फेरी अशान्त बनेको छ ।