समाचार

ब्राउनसुगरसहित नेपालगन्जका २ युवक कोहलपुरबाट पक्राउ

शनिबार, १४ पुष २०७५

कोहलपुर । इलाका प्रहरी कार्यालय कोहलपुरले  लागुऔषधसहित २ जनालाई पक्राउ गरेको छ ।

कोहलपुर नगरपालिका ११ मा निर्माणधिन अवस्थामा रहेको बसपार्कबाट ९ ग्राम लागुऔषध ब्राउनसुगरसहित २ युवकलाई आज दिउँसो पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय कोहलपुरका इन्चार्ज डिएसपी रमेश बहादुर सिहले बसपार्कमा लागुऔषध ब्राउनसुगरको कारोबार भैरहेको छ भन्ने सुचनाको आधारमा पुगेको बिशेष टोलिले २ जनालाई पक्राउ गरेको जानकारी दिए ।

पक्राउ पर्नेमा नेपालगन्ज उपमहानगरपालिका ७ का साहिद खान र सद्धाब खान रहेका छन् । कोहलपुर प्रहरीका अनुसार साहिद ४ बर्ष अगाडि हतियार सहित पक्राउ समेत परेका थिए । त्यतीबेला उमेर नपुगेको भन्दै प्रहरीले छोडेको थियो ।

डिएसपी सिहका अनुसार पक्राउ परेका दुवैजना लागूऔषध ब्राउनसुगरका कारोबारी हुन् । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

साभार- पश्चिम न्युज