अन्य

नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष राजेन्द्र प्रसाद धिताललाई पितृ शोक

अनलाइन नेपालगंज

शनिबार, ७ पुष २०७५

नेपाल पत्रकार महासंघ जिल्ला शाखा बर्दियाका अध्यक्ष राजेन्द्र प्रसाद धिताललाई पितृ शोक  परेको छ । उहाँका बुवा कालि प्रसाद धितालको ७८ बर्षको उमेरमा आज बिहान साढे ३ बजे तिर निधन भएको हो ।

गेरुवा गाउँपालिका वडा नम्बर ४ गिदरपुर आफनै घरमा उहाँको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । असामयिक निधनको खबरले स्तव्ध बनाएको भन्र्दै आफन्त तथा शुभेक्छुक जनहरुले गहिरो दुःख ब्यक्त गरेका छन । साथै बुवा प्रति हार्दिक श्रद्धान्जली र शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट पनि गरेका छन ।

कालि प्रसाद धितालको आजै अन्तिम संस्कार गरिएको जनाईएको छ । उहाँका दुई छोरा र एक छोरी हुनुहुन्छ । राजेन्द्र प्रसाद धिताल जेठा छोरा रहनुभएको छ भने उहाँँ एक दक्ष प्राध्यापक पनि हुनुहुन्छ ।