अर्थ/बजार

इमानदार भई कर्जा लिन डेपुटी गभर्नर द्धारा आग्रह, युनिक नेपाल लघुबित्त वित्तिय संस्था लिमीटेडको खुलेर प्रशांसा

अनलाइन नेपालगंज

शुक्रबार, २८ मंसिर २०७५

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले समाजमा इमानदार भई कर्जा लिन आग्रह गर्नुभएको छ । बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ११ (टाउन प्लानिङ्ग) मा युनिक नेपाल (लघुबित्त वित्तिय संस्था लिमीटेडको केन्द्रिय कार्यालय उद्दघाटन समारोहलाई शुक्रबार सम्बोधन गर्र्दै यस्तो बताउनुभएको हो ।

उहाँले भन्नुभयो, “कर्जाको सदुपयोग गर्नुहोस, कालोसुचीमा पर्नबाट बच्नुहोस । यहाँबाट ऋण लिनु भयो भने मिनाह हुदैन किन भने यो बित्तिय, तपाई हामी जस्तै धेरै ब्यक्तिले संञ्चालन गरेको संस्था हो । नेपाल सरकारको होइन ।” १० जिल्ला कार्यक्षेत्र भएको नेपाल राष्ट्र बैंकबाट (घ) वर्गको इजाजत प्राप्त संस्थाका संञ्चालक, शेयर सदस्य तथा शुभेक्छुकजनलाई बधाई दिर्दै उहाँले बित्तिय सुशासन र संस्थागत सुशासनमा ध्यान दिन आग्रह गर्नुभयो ।

युनिक नेपाल जस्ता धेरै बित्तिय संस्था तथा बैंकहरुले मुलुकको गरिबी घटाउन योगदान गरीरहेको भन्दै यि संस्थाहरुबाट ऋण लिई फजुल खर्च गर्ने बानीलाई छोड्न सुझाव पनि दिनुभयो । आमन्त्रण गरी फुलको मालाले युनिक नेपालले स्वागत गरेको र राम्रो काम गर्र्दै गए आफुहरुले पनि फुलकै मालाले सहयोग साथ दिई रहने बताउनुभयो ।

७९ हजार ५ सय बढि महिला सदस्यहरु आबद्ध रहेको यस संस्थाको लगानी १ अर्ब ८८ करोड रहेको उल्लेख छ । युनिक नेपालका अध्यक्ष कालि प्रसाद थारुको सभाध्यक्षतामा आयोजित कार्यालय उद्दघाटन समारोहमा पूर्व भुमिसुधार मन्त्री तथा संस्थाका कार्यकारी निर्देशक डाक्टर गोपाल दहित, कोहलपुर उपमहानगरपालिकाका उपप्रमुख सन्जु कुमारी चौधरी, विभिन्न बैक तथा वित्तिय संस्थाका प्रमुख एवंम प्रतिनिधि, शेयर सदस्य लगायतको उपस्थिती रहेको थियो ।

अध्यक्ष कालि प्रसाद थारुले संस्थालाई यहाँ सम्म ल्याउनका लागी अथक प्रयास गर्ने सबैलाई हार्दिक धन्यबाद दिर्दै आगामी दिनमा पनि यसरी नै साथ समर्थन जनाउन अनुरोध गर्नुभयो । सहभागी प्रमुख अतिथि र अन्य अतिथिहरु सबैलाई संस्थाले हार्दिक धन्यबाद सहित मायाको चिनो प्रदान गरेको थियो भने मनोरञ्जनका लागी विभिन्न समुदायका कला, भेषभुषा पहिचान, झल्कीने, संस्कृतिक प्रस्तुतिहरु समेत राखिएको थियो ।