अर्थ/बजार

सौन्र्दयकला ब्यवासायि महिला दिदीबहिनी आत्मर्निभरताको बाटोमा : कुवंर

अनलाइन नेपालगंज

शनिबार, २२ मंसिर २०७५

सौन्र्दयकला ब्यवासायि संघ जिल्ला कार्यसमिति बर्दियाको १० औं बार्षिक साधारण सभा गुलरियामा सम्पन्न भएको छ । साधारण सभामा उनीहरुले दक्ष प्रशिक्षक द्धारा सौन्र्दयकर्मीहरुलाई अब स्थानिय तहले प्रशिक्षण दिनु पर्ने माग गरेका छन ।

उद्योग वाणिज्य संघ गुलरियाको सभा हलमा सम्पन्न भएको सो साधारण सभामा सौन्र्दय कला ब्यवासायि संघ नेपालकी केन्द्रिय उपाध्यक्ष राधा कुवंरले बर्दियाका स्थानिय तहहरुले सौन्र्दयकर्मीहरुलाई आधारभुत र एडभान्स (बिशेष) तालिम दिई दक्ष बनाईनु पर्ने धारणा राख्नुभएको थियो ।

आत्मर्निभरताको बाटोमा महिला दिदी बहीनीहरु अग्रसर हुर्दै गरेकाले यो महत्वपुर्ण भएको बताउनुभयो । साधारण सभाको संञ्चालन संघकी कोषाध्यक्ष सुशिला तिमिल्सेनाले गर्नुभएको थियो भने कार्यक्रमको अध्यक्षता सुमित्रा चौधरीले गर्नुभएको थियो ।