विशेष

नेपालगन्जको यौन अखडामा प्रहरीको छापाः रङ्गेहात सहित ठूलो मात्रामा कण्डम बरामद

अनलाइन नेपालगंज

शुक्रबार, ९ कार्तिक २०७५

नेपालगन्ज ।

बाँकेको नेपालगन्ज रहेको एक यौन अखडामा वडा प्रहरी कार्यालय नेपालगन्जले बुधबार छापा मारेको छ ।

नेपालगन्ज ४ बाइपासरोडमा रहेको एक होटलमा छापा प्रहरीले यौन कार्यमा लिप्त रहेको अवस्था एक जोडि सहित यौन अखडा सञ्चालिककालाई समेत नियन्त्रणमा लिएको छ ।

उक्त स्थानमा केही महिनायता अस्थायी प्रहरी पोष्ट बसपार्कको संरक्षणमा यौन अखडा चलिरहेको स्थानीयहरु बताउछन् ।

५ तले घरको माथिल्लो तला भाडामा लिएर केही महिनायता नेपालगन्ज १ की शाह भरकी महिलाले खुलेआम यौन धन्दा सञ्चालन गर्दै आएकी थिइन् । लामो समयको प्रयासपछि वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख प्रहरी निरीक्षक नारायण डाँगीको नेतृत्वमा गएको टोलिले रङ्गेहात एक जोडिलाई फेला पारेको हो ।

प्रहरीले खानतलासी गर्ने क्रममा उक्त स्थानबाट प्रयोग गरिएका १ कार्टुन कण्डम समेत बरामद गरेको छ । यौन कार्यमा लिप्त रहेको अवस्थामा फेला पर्नेमा बर्दिया घर भएकी १८ बर्षिया सिह थरकी युवती र नेपालगन्जको कारकाँदो घर भएका यादव थरका युवक रहेको प्रहरी निरीक्षक डाँगीले जानकारी दिए ।

सञ्चालिका शाह सहित पक्राउ परेका तिनै जनालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा पठाइएको वडा प्रहरीले जनाएको छ । प्रहरी स्रोतका अनुसार छापा मार्ने सुँईको पाएपछि उक्त अखडाबाट चार जोडि पहिले नै बाहिरिसकेका थिए ।

पछिल्लो समय नेपालगन्ज लगायतका अन्य स्थानहरुमा प्रहरीकै संरक्षणमा खुलेआम यौन अखडाहरु चलिरहेको मिडियामा सार्वजनिक भइरहेको छ । कमजोर सरकारी संयन्त्रको फाइदा उठाउँदै पछिल्लो समय अवैध यौन अखडाहरु सञ्चालन भएपछि प्रहरीले सक्रियता देखाउन थालेको हो ।

प्रहरीकै संरक्षणमा यौनधन्दा मौलाउन थालेको गुनासो आइरहेका बेला यौन अखडामा छापा मार्नुलाई स्थानीयले सकारात्मक कार्य भनेका छन् ।

बुधबार मात्र राँझाको ‘किमु होमस्टे’मा प्रहरीकै संरक्षणमा खुलेआम यौनधन्दा चलिरहेको बारे पश्चिमन्यूजले समाचार प्रकाशन गरेको थियो ।
नेपालगन्जका विभिन्न स्थानहरुमा अझै पनी ठूला यौन अखडाहरु सञ्चालनमा रहेको बताइन्छ ।

 

paschimnews.com