फोटो फिचर

सुशान्तको लागि स्वर्गबाट अप्सराको रुपमा धर्तिमा झरिन मरिश्का (भिडियो सहित)

अनलाइन नेपालगंज

मंगलवार, ३० आश्विन २०७५

अनलाईननेपालगंज डटकम :
दशैंको अवसर पारेर अहिले धेरै म्युजिक भिडियो रिलिज भईरहेको छ | यसै बीच हिजो मात्र गीतकार तथा गायक गोपी दाहालले समेत आफ्नो नया गीत “हिस्सी परेकी” बजारमा रिलिज गरेका छन् | उनको आफ्नै शब्दमा यो गीत तयार भएको हो भने गीतमा एन.के ब्रदर्सले संगीत भरेका छन् |

संजीव सुब्बाले यस गीतमा अरेन्ज गरेका छन् | गीतमा गोपी दाहाल र किशु गुरुङको स्वर समावेश रहेको छ | दशैंको बेला दर्शक श्रोताको चाहनालाई मध्य नजर गर्दै धेरै सोचेर विचार गरेर गोपी दाहालले यो गीत तयार पारेर सार्वजनिक गरेका छन् | दर्शक श्रोताले आफ्नो यो प्रस्तुति मनपराईदिनु हुने विश्वास समेत उनले ब्यक्त गरेका छन् |

उनको विश्वास सत्य साबित हुने पनि देखिन्छ | गीत सुमधुर र सुन्दर बनेको छ भने गीतको शब्द संगीत पक्ष अब्बल रहेको छ | त्यस माथि म्युजिक भिडियो उस्तै रंगिन बनेको छ | नेपाली कला संस्कृतिलाई झल्काउदै भिडियो तयार गरिएको छ | निर्देशक मुनालशिशिर कोइरालाको निर्देशनमा यो भिडियो तयार भएको हो | बिदुर पाण्डे (नबिन) को छायांकन र अमृत चापागाईंको सम्पादन यस भिडियोमा रहेको छ |

भिडियोमा नेपाली चलचित्र क्षेत्रमा धेरैबाट रुचाइएका कलाकारहरु मरिश्का पोखरेल, सुशान्त कार्की र कमेडी कलाकार यादब देवकोटा (सरापे) को अभिनय रहेको छ | यस्तै भिडियोमा इश्वोर बल्लव र कृष्ण चौधरीको पनि अभिनय रहेको छ |

भिडियोमा मरिश्का र सुशान्तको जोडी निकै राम्रो देखिएको छ भने सरापेको अभिनयले भिडियो अझै रमाइलो र दमदार बनेको छ | हरिप्रिया दाहालले यो भिडियोको निर्माण गर्नुभएको हो | गीत नाच्न मिल्ने शैलीमा तयार गरिएको छ |

भिडियोको कन्सेप्ट पनि सुन्दर रहेको छ | प्रेमभाव संगै युवा पुस्ता सम्मको मन छुने तरिकाको फिल्मी कन्सेप्टमा भिडियो निर्माण भएको छ | अवश्य पनि धेरै पछि गोपी दाहालको नया प्रस्तुति सार्वजनिक भएको हो यस हिसाबले दर्शक श्रोताको लागि उनको यो नया गीत बिशेष नै रहने देखिन्छ |

हेर्नुस भिडियो :