मुख्य खबर

नेपालगञ्जमा वृन्दावनका कलाकारले रामलीला देखाउने

अनलाइन नेपालगंज

बिहीबार, २५ आश्विन २०७५

नेपालगञ्ज  ।

नेपालगञ्जमा बुधवारदेखि रामलीला शुरु हुँदैछ । प्रत्येक वर्ष जस्तै यस पटक पनि विजयादशमीका अवसरमा नेपालगञ्जको रामलीला मैदानमा रामलीला मञ्चन हुने भएको हो ।

बृन्दावन धामका एशिया सुप्रसिद्ध ख्याति प्राप्त राधारमण शर्माको २५ जनाको टोलीले रामलीलाको नाटक मञ्चन गर्ने रामलीला सञ्चालक समितिका कार्यवाहक अध्यक्ष सन्तोष कुमार कानोडियाले बताए ।

नेपालगञ्जको रामलीला महोत्सव १ सय ५१ औं वर्षमा प्रवेश गरेको छ । ऐतिहासिक तथा सांस्कृतिक महत्वको रामलीलालाई भब्य, सभ्य र सफल बनाउन सबै तयारी सकिएको सञ्चालक समितिले जनाएको छ ।

नेपालगञ्ज १३ बाँके बगियामा बुधवार साँझ ८ वजेदेखि शुरु हुने रामलीलाभन्दा पूर्व दिउँसो शोभा यात्रा निकालिएको थियो । कार्तिक ३ गतेसम्म सञ्चालन हुने रामलीला अघि निकालिएको शोभायात्रा रानीतलाउ त्रिभुवन चौक, सेतु विक चौक, धम्वोझी, विपीचौक, त्रिभुवन चौक, भेरी अस्पताल हुँदै पुनःरामलीला स्थानमा पुगेर समापन भएको थियो ।