फोटो फिचर

दशैं नजिक रिलिज भयो शम्भु मोक्तानद्वारा निर्देशित “तोर तोर मबोर”, भिडियो बन्यो यस्तो

अनलाइन नेपालगंज

बिहीबार, २५ आश्विन २०७५

अनलाईननेपालगंज डटकम :
मलेसियाको लामो बसाई पछि केहि दिन अगाडी मात्र नेपाल फर्केका म्युजिक भिडियो निर्देशक तथा मोडल शम्भु मोक्तान तामाङ अभिनित र निर्देशित “तोर तोर मबोर” बोलको तामाङ सेलो गीतको भिडियो बजारमा रिलिज भएको छ | भिडियोमा उनि संगै हिम शिला लामाको पनि अभिनय रहेको छ | यस भिडियोको सम्पूर्ण छायांकन मलेसियामा नै गरिएको हो भने कन्सेप्ट पनि घरपरिवार छोडेर परदेशीनुको पिडा समेटिएको छ | भिडियोले धेरैलाई केहि महसुस गराउन सक्छ | युटुबमा अहिले भिडियोले राम्रै प्रतिक्रिया पाईरहेको छ |

यस गीतमा सपूत दोङको शब्द, अमृत लामाको संगीत र पवन राज स्याङबो र इन्दिरा गोलेको स्वर समावेश रहेको छ | गीतमा संगीत संयोजनको काम भने अशोक लोहोरुङ राईले गरेका छन् | यस्तै भिडियोमा कोष बोम्जनको छायांकन र ललित सिंह साउदको सम्पादन रहेको छ | फरक फरक खालका म्युजिक भिडियो निर्माण गरेर दर्शकहरु माझमा प्रस्तुत गरिसकेका शम्भु मोक्तानले धेरै लामो समय देखि मलेसियामा नै बसेर नेपाली कला क्षेत्रमा सक्रियता देखाईरहेका थिए | तर अब भने उनि नेपाल आएका छन् | अब नेपालमा नै बसेर म्युजिक भिडियोको यात्रालाई अगाडी बढाउने उनको सोच रहेको छ |

उनि नेपाल आएको केहि दिन मात्र भएको छ | तर उनि नेपाल आउन साथ नया प्रोजेक्टमा काम सुरु गरिसकेका छन् | तर अहिले नै उनले त्यस बिषयमा कुनै कुरा खोलेका छैनन् | विशेष सूत्रको अनुसार उनि चलचित्रमा अभिनय गर्न तरखरमा पनि रहेको जानकारी प्राप्त भएको छ | यस बिषयमा पनि उनि अहिले मौन नै रहेका छन् | हुन त उनले नेपाली कला क्षेत्रमा तामाङ चलचित्रबाट नै डेब्यु गरेका हुन् | यस हिसाबले पनि चलचित्रमा उनि फेरी देखिन सक्नु सामान्य नै मान्न सकिन्छ | तर पनि उनले भने अब नेपालमा नै बसेर दर्शकहरुलाई राम्रो राम्रो भिडियो प्रस्तुत गर्ने बताएका छन् |

हेर्नुस भिडियो :