विशेष

नेपालगञ्जमा कडा सिमा सुरक्षाः अवैध खसीबोका नियन्त्रणमा

अनलाइन नेपालगंज

मंगलवार, २३ आश्विन २०७५

नेपालगञ्ज 

अवैधरुपमा नेपालगञ्ज भित्र्याइएको १६ वटा खसीबोका बाँके प्रहरीले नियन्त्रणमा लिएको छ । भारतबाट अवैधरुपमा ल्याइएको उक्त खसीबोकासहित ५६ क्यारेट भारतीय अण्डासमेत प्रहरीले नेपालगञ्ज ९ बाँकेगाउँबाट नियन्त्रणमा लिएको हो ।

यस्तै भारतबाट साइकलमा अवैधरुपमा नेपाल ल्याउँदै गरको अवस्थामा ९४ वटा ब्रोइलर कुखुरा र ३ वटा साइकल कोरियनपुरबाट नियन्त्रणमा लिईएको छ । नियन्त्रणमा लिइएको खसीबोका, अण्डा र कुखुरा आवश्यक कारवाहीका लागि पशु क्वारेन्टाइन कार्यालय नेपालगञ्जमा बुझाइएको वडा प्रहरी कार्यालय नेपालगञ्जका इन्चार्ज प्रहरी निरीक्षक नारायण डांगीले बताए ।