समाचार

यति एयरलायन्सको विमान स्यालसँग ठोकियो

अनलाइन नेपालगंज

सोमबार, २२ आश्विन २०७५

नेपालगन्ज ।

नेपालगन्ज विमानस्थलमा यति एयरलाइन्सको जहाजमा स्याल ठोगिएको छ।

आइतबार बेलुका काठमाडौंबाट नेपालगञ्ज आएको जहाज स्यालसँग ठोकिएको हो।

अवतरणका लागि रनवेका क्रममा स्यालसँग जहाज ठोकिएको नागरिक उड्डयन कार्यालय नेपालगन्जले जानकारी दिएको छ। रनवेमा स्यालको बच्चा एक्कासी आएपछि जहाज ठोकिएको बताइएको छ। जहाज र यात्रु भने सकुशल छन्।

जहाजको निरिक्षणपश्चात् पुनः सुचारु गरिने बताइएको छ। बेला बेलामा विमान स्थलभित्र स्याल पसेर अवतरणमा बाधा पुर्याउने गरेका छन्।