फोटो फिचर

“दार्जेलीङ ज्यानको” लिएर दर्शक श्रोता माझ आए डम्बर खापुङ, रंगिन बन्यो म्युजिक भिडियो

अनलाइन नेपालगंज

शनिबार, २० आश्विन २०७५

अनलाईननेपालगंज डटकम :
सात समुन्द्र पारीको देशमा बसेर नेपाली सांगीतिक क्षेत्रमा धेरै योगदान दिएका गायक डम्बर खापुङको नया प्रस्तुति बजारमा रिलिज भएको छ | उनले आफ्नो नया प्रस्तुति स्वरूप अमेरिकाबाट नै “दार्जेलीङ ज्यानको” बोलको गीत र म्युजिक भिडियो रिलिज गरेका हुन् | यस गीतमा तुम्बेहाङ लिम्बुको शब्द र उत्तम जंग लिम्बुको कम्पोजिसन रहेको छ | गीतमा डम्बर खापुङ संगै तारा लिम्बुको स्वर समावेश रहेको छ | द आर.जी.टी फिल्म्सको प्रस्तुतिमा यो भिडियो बाहिर आएको हो | यस्तै द आर.जी.टी फिल्म्सकै युटुब च्यानलबाट यो भिडियो रिलिज गरिएको छ |

सम्पूर्ण छायांकन अमेरिकामा नै गरिएको यस भिडियोको निर्देशन भने कृष्ण राईले गरेका हुन् | प्रविन गुरुङको छायांकन र भक्त मगरको सह-छायांकन रहेको यस भिडियोमा आसिस गुरुङ र सर्मिला राईको अभिनय रहेको छ | अमेरिकाको सुन्दर दृश्य कैद गर्दै राम्रो कन्सेप्ट राखेर गीतको भावलाई न्याय हुने हिसाबले कृष्ण राईले भिडियोको निर्देशन गरेका छन् | कृष्ण राई अमेरिकामा म्युजिक भिडियोको दुनियामा चलेको नाम हो भन्दा कुनै फरक पर्दैन | उनले धेरै म्युजिक भिडियोमा निर्देशन गरिसकेका छन् | आफुले सक्दो मेहेनत गरेर यस म्युजिक भिडियो निर्माण गरेको र अवश्य पनि दर्शकहरुलाई यो भिडियो मन पर्ने विश्वास समेत आफुले लिएको उनले बताए |


कृष्ण र डम्बरको सहकार्यले नै यो गीत र भिडियो राम्रो बनेको देखिन्छ | कृष्ण राई पनि लामो समय देखि अमेरिकामा नै बसेर नेपाली कलालाई जगेर्ना गर्दै यसलाई बढावा दिदै आईरहेका छन् | उनले धेरै म्युजिक भिडियो निर्देशन गरेर बजारमा लिएर आईसकेका छन् | अमेरिकामा उनलाई निकै ब्यस्त निर्देशकको रुपमा लिइन्छ | उनि आफैले पनि धेरै भिडियोमा अभिनय गरिसके भने गीत पनि निकालिसके आफ्नै स्वरमा | उनि धेरै प्रतिभालाई एकसाथ मिलाएर अगाडी बढिरहेका छन् | उनको प्रयास र क्षेमता पनि यस भिडियोमा प्रष्ट देखिएको छ |

हेर्नुस भिडियो :