मनोरञ्जन

मोडलिङमा “नाइस” सुबास जी !

अनलाइन नेपालगंज

शुक्रबार, ५ आश्विन २०७५

काठमाडाैं ।

सुबास जी तामाङ् आजभोली मोडलको रुपमा चर्चित छन्। म्युजिक भिडियोको मोडल भन्दा पनि उनलाई नजिकका साथीभाई नाइस जी भनेर चिन्छन र बोलाउछ्न।
रमाइलो स्वभावका सुबास जी तामाङ् अमेरिका बसेपनि नेपाली गीतसंगीतलाई माया गर्छन। अविनाश घिसिङ्को गाडी त जर्मनकोमा अभिनय गरे संगै उनि मोडलको रुपमा परिचित बने।

उनको अभिनय संगै उनको बोल्ने शैली र नाइस शब्द उनको पेवा जस्तै भएको छ अझै उनको पहिचाहन जस्तै पो भएको छ भन्छन उनका नजिकका साथीभाईहरु।


सुबास हरेक किसिमको गफमा होस् वा फेसबुकको कमेन्टमा नाइस लेखिदिन्छन जोक गर्दा होस् वा रिसमा उनको “नाइस” भन्ने शब्दले रिसलाइ पनि मथ्थर पारिदिन्छ। आजभोली त सुबासलाइ मेन्सन गर्नु पर्दा समेत सामाजिक संजालमा नाइस शब्द त्याग गर्ने गरिएको छ। उनि भन्छन -म हरेक तस्विर वा स्टाटस पोस्ट गर्दा नाइस लेख्ने गर्छु।

नाइस नामैले चिन्दा पनि उनलाई आनन्दको महसुस भएको उनले सुनाउछ्न र भन्छन नेपालमा एउटा तामाङ्लाई “हैट” भनेर चिन्छन यहाँ मलाई नाइस भनेर खुशी लाग्छ ।

पछिल्लो समय गायक शरण गुरुङ को ह्याप्पी बर्थ डे गीतमा अभिनय गरेर चर्चा पाएको उनि गीत जस्तै सधै ह्याप्पी अनि उनको प्रिय शब्द जस्तै “नाइस” देखिन्छन।