विशेष

न्यायको ढोका ढकढक्याउँदै निर्मला पन्तका अामा–बुबा बालुवाटार पुगे

अनलाइन नेपालगंज

सोमबार, १ आश्विन २०७५

काठमाडौ ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका अभिभावकहरु बालुवाटार पुगेका छन् । उनीहरु प्रधानमन्त्रीको सरकारी निवासमै पुगेर हत्यारालाई कारबाहीको माग गरेका छन् । निर्मलाका बाबु यज्ञराज पन्त र आमा दुर्गादेवी पन्तले प्रधानमन्त्रीलाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् ।

घटनाको ५२ दिनपछि प्रधानमन्त्री र बालिकाका अभिभावकबीच सोमबार भेट भएको हो । निर्मलाका अभिभावकले राज्यले आफ्नी छोरीलाई न्याय दिन नसकेको गुनासो गरेका छन् । जवाफमा प्रधानमन्त्री ओलीले घटनाका सम्वन्धमा अनुसन्धान भैरहेको भन्दै छिट्टै अपराधी कानूनी कारवाहीमा आउने आश्वासन दिनु भएकोको बुझिएको छ । यसअघि उनीहरुसँग प्रधानमन्त्रीले भेट्न नचाहेको भन्ने हल्ला चलाइएको थियो । उनीहरुलाई खानेपानी मन्त्री तथा कञ्चनपुरकी सांसद बीना मगर र अर्की कञ्चनपुरकी सांसद नीरु देवी पालले लिएर बालुवाटार गएका थिए ।