समाचार

वर्ल्ड रेकर्ड्सको लागि तेश्रो प्रयास गर्दै ठकुरी

अनलाइन नेपालगंज

सोमबार, १ आश्विन २०७५

विजय थापा

अमेरिका । अमेरिकाको डिसी महानगर क्षेत्रमा बसोबास गर्दै आएका दोहोरो बिश्व कीर्तिमानी उज्ज्वल ठकुरीद्वारा गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सको लागि तेश्रो प्रयास गरेका छन् ।

अमेरिकाको मेरिल्याण्ड राज्यको वेल्सभिलस्थित नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्र (एनईसीसी)को प्राङ्गढमा उनले उक्त प्रयास गरेका हुन् ।

यसका लागि नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्र (एनईसीसी)का पदाधिकारी, समाजसेविहरु, खेलकुदका खेलाडीहरू, प्रशिक्षक लगायत संचारकर्मीको उपस्थितिमा उनले गिनिज बुक अफ वर्ल्डको लागि तेस्रो प्रयास गरेका छन् ।

उनले गरेको प्रयास गिनिज बुक अफ वर्ल्ड रेकर्ड संस्थामा पठाउनु पर्ने तथा अन्य कागजी पत्रको आदान प्रदान गरे पछि मात्र ठकुरीले गरेको प्रयास बिश्व किर्तिमानको परिणाम आउने छ ।

उनले नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्र (एनईसीसी)को प्राङ्गढमा आफ्नो उचाई जतिकै स्थानमा झुन्ड्याईएर राखेको काचो अन्डा फुटाएर बिश्व कीर्तिमान गर्ने प्रयास गरेका छन ।

उनले १ मिनेट भित्र अगाडी लात्ती प्रहार द्वारा ६४ वटा काचो अन्डा फोड्न सफल भएका छन् । उनले ५३ वटा काचो अन्डा यसै गरि फोडेको किर्तिमानलाई तोड्ने प्रयास गरेका छन् । ठकुरीले बिश्व किर्तिमान लाई तोड्ने प्रयास गरेता पनि गिनिज बुक अफ वर्ल्ड रेकर्डले सबै कुराको जाच पड्ताल गरे पछि मात्र निर्णय गर्ने हुनाले केही समयका लागि प्रतिक्षा गर्नु पर्ने हुने छ ।

कराते खेलाडी ठकुरीले आफैँले बनाएको कीर्तिमान तोड्दै छोटो समयमा पुनः दोश्रो पटक गिनिज वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल भएका थिए । उनले गत वर्ष २०१७ को सेप्टेम्बर २३ तारीखका दिन १३९.४९ पौण्ड ९६३.९७ केजीमा पहिलो विश्व किर्तिमान गरेका थिए ।

त्यसै गरि उनले दोश्रो कीर्तिमान अमेरिकाको ओहायोको टोलेड़ोमा गएर गत बर्ष २०१७ को नोभेम्बर ४ तारिख १४२.४८ पौण्ड ९६४.६३ केजीको तौल दात र शरीरमा राखेर दुवै खुट्टा फाडेर विश्व किर्तिमान गरेका थिए ।

ठकुरीले पाँच विधाको निर्माण गर्नुका साथै तीन वटा विधामा अन्तर्राष्ट्रिय पदक हासिल गरेका छन् ।

dainiknepal