लेख रचना

ए देश लुट्ने ब्यापारी हो लौन हाम्रो बालुवा किन !!

अनलाइन नेपालगंज

बिहीबार, २८ भाद्र २०७५

अजय अधिकारी सुशिल ।

काठमाडाैं ।

आउ हामी सबै मिली एउटा यस्तो ब्यापार गरौ
नोट छापी रातारात धनी हुन हतार गरौ

हाम्रो काम हिडी राख्ने जहिले पनी यता उता
बिग्रिएका बाटाघाटा सहरमा छन् जता जता

कलंकीको जिम्मा लीनु मेरो जिम्मा चावहिलको
मन लगाएर गरौ मिली ब्यापार अब बालुवाको

तिमी स्विटर फट्कार्दिनु म चाहि ज्याकेट टक्टक्याँउला
जम्मा भएको बालुवा किन्न ब्यापारीलाई झक्झक्याउला

राजधानीको सबै बाटो टेन्डर पारी हामी लिउला
पिच गर्ने ठेकेदारलाई बिगार भनी घुस् नी दिउला

अब हाम्रो दुखको दिन जानै लाग्या जस्तो लाग्छ
भगवानले कमाईगरि खाउ है भन्या जस्तो लाग्छ

सरकारलाई रिसाएर गाली मात्रै गर्छौ किन?
ब्यापार गर बालुवाको बरू मुख छोप्न मास्क किन

नेपालीले दुख पाउने लाग्छ मलाई गयो दिन
ठुला ठुला ब्यापारी हो लौन हाम्रो बालुवा किन

नेपालीले दुख पाउने लाग्छ मलाई गयो दिन
ए देश लुट्ने ब्यापारी हो लौन हाम्रो बालुवा किन !!