मनोरञ्जन

गायक तथा संगीतकार बिपुल क्षेत्री नेपालगञ्ज आउने, स्वागतका लागि अातुर नेपालगञ्ज बासी

अनलाइन नेपालगंज

मंगलवार, २६ भाद्र २०७५

नेपालगन्ज,२६ भदौ।

लोक–पप गायक तथा संगीतकार बिपुल क्षेत्री नेपालगन्ज आउने भएका छन । आगामी असोज १३ गते बाँकेको नेपालगन्जमा संचालन गरिने साँगितिक कन्सर्टमा सहभागी हुन गायक क्षेत्री नेपालगन्ज आउन लागेका हुन । क्षेत्रिलाई विशेष कार्यक्रमका लागि नेपालगन्ज ल्याउन लागिएको स्म्याशिङ्ग स्टिरिओका मिडिया कोरडिनेटर प्रज्वल श्रेष्ठले जानकारी दिए ।

युवा पुस्तामाथ चर्चित क्षेत्रीले २०१४ मा पहिलो एल्वम स्केचेस अफ दार्जिलिङ सार्वजनिक गरेका थिए । सोही एल्वमबाट नेपाली साँगितिक क्षेत्रमा स्थापित भएका गायक श्रेत्रीले दार्जिलिङ्गमा रहेर नेपाली पप गितहरु गाउने गर्दछन ।
स्थानिय आवाज ब्याण्ड र प्याराडाइज ब्याण्डको समेत प्रस्तुती रहने कन्सर्टको होष्टिङ संचारकर्मी प्रज्वल श्रेष्ठले गर्ने कार्यक्रम तय भएको स्म्याशिङ्ग स्टिरिओका म्यानेजर पुष्कर हमालले जानकारी दिए ।

आगामी अशोजमा हुने कार्यक्रममा मिडीया पार्टनरको भूमिकामा न्यू नेपाल बिज्ञापन सेवा रहेको श्रेष्ठले जानकारी दिएका छन।