विशेष

बलात्कार विरूद्ध ठकुरी सहयोग सन्जालको निरन्तर अभियान, वसन्तपूरमा हस्ताक्षर संकलन

अनलाइन नेपालगंज

सोमबार, २५ भाद्र २०७५

काठमाडाैं ।

ठकुरी सहयोग सन्जालले आज बसन्तपुरमा बलात्कारको बिरुद्ध हस्ताक्षर संकलन कार्यक्रम गरेको छ। उक्त कार्यक्रमलाई सहयोग तथा सहमति जनाउन युवाहरुको भीड लागेको थियो । वर्षातको मौसम, पानी परिरहेको बेला पनि युवा , बृद्ध ,महिला, बुद्धिजिबि बर्ग सबैले कार्यक्रमको सफलताको कामना गर्दै हस्ताक्षर गरेका थिए ।

सन्जालका उपाध्यक्ष ई.अभिषेक ठकुरीको नेतृत्वमा रहेको सन्जालका भियन्ताहरुको समूहले आजको कार्यक्रम सफल पारेको छ । सन्जालका अभियन्ता सुशिल हमाल ,अजय मल्ल ,शृजना शाह , ई .प्रविन सिंह , डा. रजेस्वरी राज्यलक्ष्मि सिंह ,रुपा शाह ठकुरी ,मुनम मल्ल ,रबिना शाह ठकुरीलाई धन्यवाद दिदै शान्ति पुर्ण ढंगले बलात्कार ,घरेलु तथा यौन हिंसा को बिरुद्ध जनचेतना फैलाउने उदेश्य रहेको बताए ।


सन्जालका उपस्थित अभियन्ताहरुले सहभागी अन्य ब्यक्तिको सहयोग र उत्शाह दखेर निकै खुसी भएको र अन्य सामाजिक संस्था, समाजसेवी ,बुद्धिजीवीहरुलाई हातेमालो गर्न अनुरोध गरेका छन ।