खेलकुद

नेपालसँग साफ फाइनल खेल्ने भारतीय प्रशिक्षकको चाहना

अनलाइन नेपालगंज

सोमबार, २५ भाद्र २०७५

काठमाडौं, भदौ २५ – बंगलादेशमा जारी साफ च्याम्यिनसिप फुटबलको अन्तिम चारको समीकरण पूरा भएको छ । हिजो अन्तिम खेलमा भारतले माल्दिभ्सलाई हराएसँगै अन्तिम चारमा पुग्ने टोलीको टुंगो लागेको हो ।

अन्तिम चारमा समूह ‘बी’को विजेता भारतले समूह ‘ए’क को उपविजेता पाकिस्तानसँग खेल्दैछ । त्यस्तै, अर्को खेलमा समूह ‘ए’को विजेता नेपाल र समूह ‘बी’को उपविजेता माल्दिभ्स भिड्दैछन् ।

प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएसँगै भारतीय प्रशिक्षक स्टेफेनले प्रतियोगिताको उपाधि भिडन्त नेपालसँग गर्न चाहेको बताएका छन् । माल्दिभ्सलाई हराएपछि पत्रकार सम्मेलनमा बोल्दै उनले नेपालसँगको फाइनल खेल रोमाञ्चक हुने बताए ।

उनले पत्रकारसँग कुरा गर्दै स्टेफेनले नेपालमा रहँदाका क्षण अहिले पनि आफूलाई आलै सम्झना रहेको पनि बताए । उनले यो पनि बताएका छन् कि, अहिले बालगोपाल महर्जनको नेतृत्वमा नेपाली टोलीले राम्रो खेलिरहेको छ ।

त्यसक्रममा प्रशिक्षक स्टेफेनले माल्दिभ्सलाई २–० ले हराएको टोलीविरुद्ध खेल्न सहज भने नहुने बताए । ‘नेपालले अहिले उच्च प्रदर्शन गरिरहेको छ । उनीहरूले पाकिस्तानसँग हारे पनि राम्रो खेलेका थिए । त्यसपछि भुटान र माल्दिभ्सविरुद्ध पनि नेपालको उच्च प्रदर्शन रह्यो,’ उनले भने, ‘सायद फाइनलमा हाम्रो भेट नेपालसँगै हुनेछ । त्यसो भए खेल निकै रोमाञ्चक हुनेछ ।’

सन् १९९ मा काठमाडौंमा भएको आठौं दक्षिण एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत फुटबलको फाइनल नेपालले स्टेफेनकै अगुवाईमो खेलेको थियो ।

अब दुई सेमिफाइनलका खेल बुधबार हुँदैछन् । नेपाल र माल्दिभ्सको खेल बुधबार दिउँसो ३ः४५ बजे हुनेछ । त्यसपछि सोही दिन भारत र पाकिस्तानको खेल पनि हुनेछ ।

hello nepal news