समाचार

२ दिनदेखि १३ वर्षिय बालक बेपत्ता, भेट्नेले दिइएको नम्बरमा सम्पर्क गराैँ…

अनलाइन नेपालगंज

शुक्रबार, २२ भाद्र २०७५

कपिलबस्तु ।

यहि भदाै २० गते कपिलबस्तुबाट १ जना बालक बेपत्ता भएका छन् । गत बुधबार अर्थात् २० गते बिहान कपिलबस्तुको बाँणगंगा जितपुरबाट सन्देश गैरे नामक बालक बेपत्ता भएका हुन् ।

परिवारजनले बताए अनुसार सन्देशको मानसिक सन्तुलन कमजोर रहेको छ । कालो वर्ण भएका उनी कालो टिसर्ट र खैरो कोरियन पाइन्ट लगाएर बेपत्ता भएका उनी हालसम्म सम्पर्कमा अाउन नसकेको हुँदा परिवार जनले खोजका लागि अपिल गरेको छ ।
यदि बेपत्ता सन्देश गैरेलार्इ कसैले देखे वा  भेटेमा नजिकको प्रहरी कार्यालय वा निम्न नम्बरमा सम्पर्क गर्न परिवारको विनम्र अनुरोध रहेको छ ।

सम्पर्क नम्बरः ९८५७०३७६२४,९८२१५२६५७२,९८६०९६६३९२