खेलकुद

साफ कपः भुटान विरूद्ध नेपालले सुधारेका प्रमुख पक्ष जसले जिताए नेपाललार्इ

अनलाइन नेपालगंज

शुक्रबार, २२ भाद्र २०७५

काठमाडाैं ।

नेपाली खेलकुद अझै पनि सुरूवाति चरण जस्तै रहेको छ । हरेेक खेलमा जीतको उर्जा लिएर मैदान प्रवेश गर्ने खेलाडिले नै अक्सर निराशाजनक नतिजा सुम्पिने गर्दछन् । यसको जल्दो बल्दो उदाहरण भर्खरै समाप्त एसियाड खेलकुद हो ।

इन्डोनेसियाको जाकार्तामा समपन्न भएको एसियाड नेपालका लागि यस पालि पनि लगभग सहभागिता मै सिमित भयो भन्दा फरक नपर्ला । तर नेपाल अन्तिम समयमा प्याराग्लाइडिङमा रजत पदक जित्न भने सफल भयो । अन्य विधामा भने नेपालले प्रतिस्पर्धा मात्रै गर्यो ।

एसियाली खेलको समापन भएको केहि समयमा नै बंगलादेशमा साफ सुजुकी कपको सुरूवात भइ सकेको छ । त्यसमा पनि नेपालले २ खेल खेलिसकेको छ । पहिलो खेलको अन्तिम समयमा अाएर २–१ गोलको हार व्यहोरेको नेपाल हिजो भएको भुटानसँगको खेलमा भने सनसनीपूर्ण नतिजा निकाल्न सफल भयो ।

हिजो जीत निकालेको खेलमा नेपालले खेलमा केही सुधार गरेको अाभास समर्थकले पाए । हिजो खेलमा देखिएका सुधारिएका पक्षलार्इ यहाँ प्रस्तुत गरेका छाैँ ।

१) पासः

नेपालले हिजोको खेलमा पासमा उत्कृष्ट सुधार गरेको प्रत्यक्ष देख्न पाइयो । पहिले पहिले पास नखेलेर नेपालले खेलमा जीत निकाल्न नसकेको भन्ने कमजोरी हिजोको खेलमा पूर्ण रूपमा अदृश्य रह्यो । सायिद सोही कारण पनि नेपालले सनसनीपूर्ण जीत निकाल्न सफल भयो ।

२) मुभमेन्ट र ड्रिबलिङः

नेपाली फुटबलमा जटिल समस्याको रूपमा रहेको क्वीक मुभमेन्ट र ड्रिबलिङमा समेत नेपालले सुधारिएको प्रदर्शन गर्यो । हरेक खेलाडीले अाफ्नो ड्रिबलिङ स्किलको भरपूर प्रयोग गर्दै विपक्षी खेलाडीलार्इ खेलमा सन्तुलन ल्याउन हम्मे हम्मे पारे । जसले नेपाललार्इ जीतको असली हकदार बनायो ।

३) पोशेसन , रिकभरी र क्लियरः

नेपालले खेलेका साफ कप २०१८ का २ वटै खेलमा जीत निकाल्न त सकेन तर पोशेसनलार्इ विश्लेषण गर्दा नेपालले भविष्यमा गतिलो प्रदर्शनको झलक देखायो । नेपालले पहिलो खेल पाकिस्तानका विरूद्ध ७० प्रतिशत बल अाफ्नो पक्षमा राख्न सफल भयो । तर फिनिसिङमा केही कमजोरी देखा पर्दा नेपाल अन्तिम समयका अाएर हार खान सफल भयो । त्यसै गरी भुटान विरूद्धको खेलमा नेपालले बल रिकभर र क्लियरेन्समा समेत अविश्वसनीय प्रदर्शन गर्यो ।