लेख रचना

गजलः को पढ्छ आजकल , पुराना भो रे!!!

अनलाइन नेपालगंज

बुधबार, २० भाद्र २०७५

गजल ~~~

को पढ्छ आजकल , पुराना भो रे ।।
यी मुक्तक र गजल , पुराना भो रे ।।

डिस्को र र्यापले रोधी र झ्याउरे ।।
हो खैंजेडी मादल , पुराना भो रे ।।

जादैनन् मान्छे खै मन्दिर र गुम्बा।।
मठ धार्मिक स्थल , पुराना भो रे ।।

लाउदिनन् बहिनी गुन्यू र चोली ।।
ढाका र मखमल , पुराना भो रे ।।

तान्दैथ्यो `ठुले ´होटेलमा बियर ।।
ती भट्टिका बोतल ,पुराना भो रे।।

के. सरकार
गोरखा ,हाल यू .ए. इ.