विशेष

कर्मचारीको अभाव बाबजुद पनि हामी बिरामीलार्इ गुणस्तरीय सेवा दिँदै अाएका छाैँः सुधन बुढाथोकी

अनलाइन नेपालगंज

मंगलवार, १९ भाद्र २०७५

रबिन स्वाँर काजी , नेपालगञ्ज ।

शहरी स्वाथ्य केन्द्र कोहलपुरका इन्चार्ज सुधन बुढाथोकीले कर्मचारीको अभाव हुँदा अस्पताल अाउने विरामीलार्इ सेवा प्रदान गर्न असहज भएको बताएका छन् । केहि महिना अघि इन्चार्जमा नियुक्त भएका बुढाथोकीले अाज भएको कुराकानीमा यस्तो बताएका हुन् ।

कुराकानीकै क्रममा उनले अाँफु यस संस्थामा अाबद्ध भए पछि यहाँ अाउने विरामीहरूलार्इ अावश्यक सुविधा प्रदान गरेको समेत बताएका छन् । यसै क्रममा अाफ्नो ५ महिने कार्यकालको बारेमा बताउँदै उनले भने, ” म यहाँ इन्चार्ज भएर अाएको ५ महिनामा विरामीहरूलार्इ अावश्यक पर्ने सबै सुविधा प्रदान गर्दै अाएको छु । दिनमा ४० देखि ५० जना बिरामी अाउने गरेका छन् । अस्पतालमा अाउने बिरामीको तुलनामा चिकित्सकहरू कमी रहेका छन् । यसले हामीले प्रदान गर्ने सुविधा केही मात्रामा असर पुर्याएको छ ।

सबैको अार्थिक हैसियत समान किसिमो हुँदैन । यस्तो अवस्थामा उनीहरूको स्तर हेर्दै अावश्यक सुविधा दिने गरेको समेत बुढाथोकीले बताएका छन् । उनले बिरामीहरूलार्इ उनीहरूलार्इ लाग्न सक्ने रोगको समेत संकेत गर्दै सोही अनुसार के गर्ने भन्ने बारेमा समेत सल्लाह दिने गरेको समेत प्रस्ट पारेका छन् ।

डाक्टरी पेशाको बारेमा बोल्दै उनले भने ” गरीब जनताहरूलार्इ जति सक्दो न्युन दरमा स्वास्थ्य सेवा दिन सकियोस् भन्ने मेरो ठूलो सपना हो । सेवालार्इ मैले धर्मको रूपमा लिँदै अाएको छु । मैले यहाँ जागिरे हुँ भन्ने नसोचि गरिब जनताको सेवा गर्दैछु भन्ने सोचेर अाफ्नो कर्तव्य निभाउँदै अाएको छु । अस्पतालका कर्मचारीहरू कहिले काही बिदामा बस्छन् । यस्तो स्थितिमा समेत मैले हर तबरबाट बिरामीले सेवा दिँदै अाएको छु । अस्पतालमा कर्मचारीको अभावलार्इ परिपूर्ति गर्न सके हामी अझै धेरै सेवा दिन सक्षम हुने थियाैँ । ”

अनलार्इन नेपालगञ्जसँग कुरा गर्दै बुढाथोकीले शहरी स्वाथ्य केन्द्र, कोहलपूर ७ लख्नाले अझै नयाँ योजना र अाधुनिक प्रविधि भित्र्याएर बिरामीको सेवा गर्न सकोस् भन्ने रहर रहेको बताए । उनले यस कार्यका लागि नगर स्वास्थ्य प्रमुखको समेत सहयोगको अपेक्षा गरेको समेत बताएका छन् ।