समाचार

नेपालगञ्जमा भएको सडक दुर्घटनामा पत्निको मृत्यु , पति सख्त घाइते

अनलाइन नेपालगंज

सोमबार, १८ भाद्र २०७५

काठमाडाैं ।

नेपालगञ्जको बासगढीमा भएको दुर्घटनामा १ जनाको मृत्यु भएको छ । स्थानीयले बताए अनुसार सडकको किनारामा साइकल खस्दा सो दुर्घटना भएको हो ।

उक्त दुर्घटनामा स्थानीय दम्पति परेको बताइएको छ । दुर्घटनामा परि पत्निको घटनास्थलमै मृत्यु भएको छ भने पति सख्त घाइते भएका छन् ।

सडकको किनारामा साइकल खस्दा पत्नि सडक तिर लडेको र सोही दिशाबाट अाइरहेको ट्रकले किचेर उनको घटनास्थलमै मृत्यु भएको हो ।

घटनाका बारेमा प्रहरी अनुसन्धान हुँदैछ भने शवलार्इ पोष्टमार्टमका लागि अस्पताल पुर्याइएको छ ।