विशेष

मानिसमा हराउँदै मानवता, कोहलपुरमा ६ वर्षिया बालिका बलात्कृत

बुधबार, १३ भाद्र २०७५

काठमाडाैं ।

देशका विभिन्न स्थानमा बालिका बलात्कारमा परेको घटना सार्वजनिक भइरहँदा कोहलपुरमा ६ बर्षिया बालिका बलात्कारमा परेको सार्वजनिक भएको छ । कोहलपुर नगरपालिका–१ की ६ बर्षिया बालिका १९ बर्षिय यूवकबाट बलात्कृत भएको कोहलपुर प्रहरीले जनाएको हो ।

भारत उत्तर प्रदेश दिनदीरायली घर भई हाल कोहलपुर नगरपालिका–४, मदनचोक बस्दै आएका १९ बर्षिय हरुन खानले मंगलवार दिउँसो करिव एक बजेको समयमा बालिकालाई बलात्कार गरेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी रमेश बहादुर सिंहले जानकारी दिए ।

बालिकाकी आमाले कोहलपुरमा घुम्तीमा किराना पसल गर्दै आएकी छन् । किराना पसलमा रहेकी बालिकालाई घरमा पु¥याई दिन्छु भन्दै खानले साइकलमा राखेर आफ्नो घरमा लगेको र बलात्कार गरेको प्रहरीले जनाएको छ । ‘बालिकाको घरमा पु¥याउने बाचा गरेका खानले आफ्नै घरमा लगेर बलात्कार गरेको खुल्नमा आएको छ,’ डिएसपी सिंहले भने ।

बलात्कृत बालिकाको योनीबाट रगत बगेको देखिएको उनले बताए । उपचार र मेडिकल जाँचका लागि बालिकालाई नेपालगन्जस्थित भेरी अंचल अस्पताल लगिएकोे उनले जानकारी दिए । बालिकाको अवस्था सामान्य रहेको अस्पताललाई उधृत गर्दै कोहलपुर प्रहरीले जनाएको छ ।

पीडित पक्षको तर्फबाट जाहेरी आएपछि कारवाही प्रक्रिया अगाडि बढाईने प्रहरीले जनाएको छ । बलात्कारका आरोपी खानलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिसकेको डिएसपी सिंहले जानकारी दिए ।

साभार- http://www.eawadhpost.com