मुख्य खबर

तातो रिसको आवेगले तोडिदै बैवाहिक जीवन (लोक्ने स्वास्नीको जुहारी) सहित हेर्नुहोस ।

अनलाइन नेपालगंज

मंगलवार, १२ भाद्र २०७५

“विवाह एउटा संस्कार संस्कृति हो, पछिल्ला सम्बन्ध बिच्छेदका घटनाले विकृति फैलाईरहेको छ, कलिला बालबालिकाहरु अभिभावक विहीन बनेका छन, पारिवारिक पुर्न : मिलनमा जोड् दिन सकिएको छैन ।”

विस : २०६६ सालमा वैवाहिक जीवन शुरुवात गरेको एउटा जोडि ९ वर्ष पुरा नहुदै सम्बन्ध तोड्ने निर्णायमा पुगेको छ । बर्दियाको गुलरिया नगरपालिका ७ सिम्रानामा यो जोडि बस्दै आएको थियो । श्रीमान सुरेन्द्र साक्षर मात्र हुनुहुन्छ, श्रीमति विमलाले उच्च शिक्षा हासिल विवाह पछि मात्र गर्नुभएको हो । अहिले जिल्ला प्रशासन कार्यालय बर्दियामा कार्यालय सहयोगीका रुपमा विमला कार्यरत हुनुहुन्छ ।

छोरा सुरेन्द्रले धेरै पढन नसकी गाडि चालकको काम गर्न थालेपछि बुहारी विमलालाई छोरी सरह घरपरिवारले पढाउने देखी जागीर मिलाउने सम्मको काम ग¥यो । २०६८ सालमा सुरेन्द्र र विमलाको एक छोरी पनि भईन । घरकी एक्ली बुहारी भएकाले राम्रै सगँ घरब्यवहार चलेको थियो । तर अहिले श्रीमान सुरेन्द्र बेरोजगार हुनुहुन्छ । त्यसमा पनि सासु आमा बिरामी परेपछि ससुरा बुवालाई स्यारसुसार र समाजसेवा गर्नमै समय बित्छ । त्यतिकैमा दुर्भाग्यवस २०७५ जेठ २८ गते श्रीमान सुरेन्द्र र श्रीमति विमला विच समान्य असमझदारी (मनमुटाव) सिर्जना भयो ।

त्यसपछिका दिनहरु दुबैका लागी नराम्ररी बित्दै गए । सहमति खोज्ने भन्दा पनि आरोप र पत्यारोपमै बढि केन्द्रित भए । करिब ३ महिना पुग्न लाग्यो, दुबै विच अझै सहमति कायम हुन सकेको छैन । श्रीमान र घरपरिवारले चरम शारीरिक तथा मानसीक यातना दिएको भन्दै १२ दिन जिल्ला महिला सेवा केन्द्र गुलरियाको संरक्षणमा श्रीमति विमला बस्नुभयो, त्यहाँबाट पनि फर्केर अहिले जिल्ला प्रशासन कार्यालयको कर्मचारी निवासमा बसीरहेको विमला बताउनुहुन्छ ।

 

घरवालीको जिल्ला प्रशासनमा डेरा, अदालतमा सम्बन्ध बिच्छेदको मुद्धा दर्ता, जिल्ला प्रशासनले गुनासो सुनुवाई गरेन   http://onlinenepalgunj.com/2018/08/23/5970

 

लोक्ने स्वास्नीको सुमधुर सम्वन्ध रही आएकोमा श्रीमानले दिनहुँ जाँडरक्सी खाई सानातिना कुरामा पनि निहुँ झिकी गाली गलौज र कुटपिट गरि खाना लगाउन नदिई २०७५ असार १ गते देखी आफु घर बाहिर रहेको र छोरीको जन्म पश्चात पनि श्रीमान नसुध्रिएपछि अन्यायलाई सहन नसकी सम्बन्ध बिच्छेदको मुद्धा जिल्ला अदालत बर्दियामा दर्ता गराएको विमलाको दाबी छ । अदालतमा मुद्धाको प्रक्रिया चलिरहेको छ ।

उता श्रीमान सुरेन्द्रले भने आफु सम्बन्ध बिच्छेद गर्ने सोचमा पहिले पनि नरहेको र अब पनि गर्ने सोचमा नरहेको बताउनुहुन्छ । ७ वर्षिय छोरी र सम्पुर्ण घरपरिवारका सदस्यहरु विगतका कमी कमजोरीहरुलाई विर्सदै, आगामी दिनमा गल्ती नदोहेरिने गरी विमला आफै घर बाट गएकाले आफै घर फर्कियौन भन्ने चाहेको सुरेन्द्रले बताउनुभयो । जिल्ला प्रशासन कार्यालय बर्दियामै कार्यरत एक पुरुष कर्मचारीकै कारण आफनो सुमधुर सम्बन्ध बिग्रिएको श्रीमान सुरेन्द्रको तर्क छ ।

आवाश्यक परे सम्बद्ध सरोकारवाला निकायहरु विचमा प्रमाण सहित छलफल गर्न आफु तयार रहेको सुरेन्द्रको दाबी छ । यदि सम्बन्ध बिच्छेद गर्नु नै पर्ने अवस्था आए हाल कार्यरत रहेको संस्थाको पद छोडि द्धन्द्ध पीडित परिवारका सदस्यका हैसियतले प्राप्त गरेको अवसरलाई द्धन्द्ध पीडित परिवारकै सदस्यलाई सुम्पिनु पर्ने र यसमा जिल्ला प्रशासन कार्यालय बर्दियाले पहल गरिदिनु पर्ने उहाँको माग छ ।

तर मुद्धा अदालत सम्म पुगी सकेको भन्दै जिल्ला प्रशासन कार्यालय बर्दिया यस विषयमा मौन भई बसेको छ । यो विचमा दुबैको समझदारी कायम गरी आपसी मेलमिलापका पहलहरु थुप्रै भएका छन । तर ति सबै पहलहरु विफल भएको जिल्लामा क्रियाशिल समाजसेवी बुद्धिजिवी वर्गहरुको भनाई छ । 

………………………………………………………………………………………………………………………………………………………………

यो त एउटा प्रतिनिधि मुलक निकै चर्चामा रहेको र सतहमै आए घटना मात्र हो । तातो रिसको आवेगले बर्दिया जिल्लामा बैवाहिक सम्बन्ध तोड्नेहरुको संख्या ह्वातै बढेको पाईएको छ ।

 

सम्बन्ध बिच्छेद सम्वन्धी मुद्धा दर्ता बढि   http://onlinenepalgunj.com/2018/08/23/5970

 

केही घटनाहरुको सुचि यस्तो छ हेर्नुहोस । जसको नाम परिवर्तन गरिएको हो ।

घटना नम्बर १) 

नाम : एस.बी.
उमेर : ४५ वर्ष
विवाह अवधि :१५ वर्ष
समस्या : मानसिक यातना दिएको आरोप
अवस्था : २१ दिन (सम्बद्ध) निकायको कडा निगरानीमा बसेपछि हाल बहिनीको शरणमा
न्यायिक बाटो  : श्रीमान सँग सम्बन्ध बिच्छेदको लागी मुद्धा दर्ता (प्रक्रिया चल्दै)

घटना नम्बर २)

नाम : जी.डी.आर.के
उमेर : २५ वर्ष
समस्या : कुटपिट गरेको आरोप
अवस्था : १२ दिन (सम्बद्ध) निकायको कडा निगरानीमा बसेपछि हाल दाईको शरणमा
न्यायिक बाटो : एक छोरा पनि भएकाले (कानुनी प्रक्रिया चल्दै)

घटना नम्बर ४)

नाम : टी.डी.बी.
उमेर :  ४० वर्ष
समस्या : कुटपिट घर निकालाको आरोप
अवस्था : १६ दिन (सम्बद्ध) निकायको कडा निगरानीमा बसेपछि हाल माइतीको शरणमा
न्यायिक बाटो : ३ छोरी र १ छोराकी आमाकोे अंशसहित श्रीमान सँग सम्बन्ध विच्छेद भयो ।

घटना नम्बर ५)

नाम : पी.के.पी.
उमेर : ३४ वर्ष
समस्या : मानसिक यातना तथा वेवास्था गरेको आरोप
न्यायिक बाटो : अंश सहित श्रीमान सँग सम्बन्ध विच्छेद तर जमिन उपभोग गर्न नपाएको गुनासो ।

किन बढ्दै छन सम्बन्ध बिच्छेदका घटना 
सम्बन्ध बिच्छेदका घटना बढ्नुका पछाडि धेरै कारण देखिन्छन । तिनैमध्येका केही आशंका, आपसी असमझदारी कायम नहुनु पनि हुन । बर्दिया जिल्ला अदालत बार एशोसियसनका सचिव लक्ष्मी नेपाल भन्नुहुन्छ, “उमेर नपुगी गरिएको प्रेम विवाह, बैदेशिक रोजगारी र बढि स्वतन्त्र, आत्मसम्मान खोजिने प्रवृतिले पनि सम्बन्ध बिच्छेदका घटना बढेका हुन, पहिले कर्म भाग्यलाई मान्नेहरु आज अधिकारलाई मानी रहेका छन, साथै सामाजिक सञ्जालको दुरुपयोग पनि सम्बन्ध बिच्छेदको कारण बनीरहेको छ ।”

सचिव लक्ष्मी नेपालले सम्बन्ध बिच्छेद गर्नलाई पुरुषले वातावरण सिर्जना गर्ने र महिला अग्रसर हुने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, धेरै जना तात्तो रिसमा कानुनी सायता लिन आउनुहुन्छ, हामी धेरैलाई सम्झाउछौं, तर अधिकांशले आफनो उत्तरदायित्व बारे भुलेर नै निर्णाय लिनुहुन्छ, छोराछोरीलाई बेवास्था गर्नुहुन्छ, मलाई लाग्छ सम्बन्ध बिच्छेदका घटनालाई रोक्नका लागी अब स्थानिय तहहरुले स्थानिय तहमा नै मेलमिलापको वातावरण सिर्जना गरि कानुनी प्रक्रिया, आफनो उत्तरदायित्व, कर्तब्य अवगत गराउनु आवाश्यक छ, “श्रीमान श्रीमति मध्ये एउटा मात्र आत्मर्निभर भए घरयासी कलहहरु पनि हुने भएकाले दुबैलाई आत्र्मनिर्भर बनाउने खालका कार्यक्रमहरुलाई पनि जोड् दिनुपर्छ ।”

घरपरिवार समाजमा पारेको असर
बर्दिया जिल्लाका ८ वटा स्थानिय तह मध्ये मधुवन नगरपालिकामा सबैभन्दा धेरै सम्बन्ध बिच्छेदका घटना हुने गरेको तथ्य बाह्रिएको छ । परामर्शकर्ताहरुको भनाई अनुसार यसले घरपरिवार र समाजमा विकृती बढाउने काम गरिरहेको छ । मधुवनमा अन्तरपार्टी महिला संञ्जालको अध्यक्षका रुपमा समाजसेवा गरिरहनुभएकी मन्जु शर्मा भन्नुहुन्छ, “विवाह एउटा संस्कार संस्कृति हो, पछिल्ला सम्बन्ध बिच्छेदका घटनाले विकृति फैलाईरहेको छ, कलिला बालबालिकाहरु अभिभावक विहीन बनेका छन, पारिवारिक पुर्न : मिलनमा जोड् दिन सकिएको छैन ।”

वैदेशिक रोजगारी, देखासिखी, दैनिक आवाश्यकताहरु पुरा हुन नसक्नु, प्रेम विवाह, बेरोजगारी जस्ता कारणले पनि सम्बन्ध बिच्छेदका घटनामा वृद्धि भएकोले यसतर्फ ध्यान दिई पारिवारिक शिक्षामा जोड् दिन जरुरी रहेको अध्यक्ष शर्माले बताउनुभयो । मधुवन क्षेत्रमा उमेर पुगेर विवाह गरेका जोडि भन्दा उमेर नपुगी विवाह गरेका जोडिहरु नै सम्वन्ध बिच्छेद गर्नेको अग्रपंक्तिमा देखिएका छन । क्रमश …..

-साभार :http://radiomorningstar.com.np//news-details/3182/2018-08-28