मनोरञ्जन

पश्चिमी जिल्लामा कभर गीत प्रतियोगिता अायोजना गर्दै रियाज स्टुडियो

अनलाइन नेपालगंज

सोमबार, ११ भाद्र २०७५

काठमाडाैं । 

टिकापुर स्थित रियाज रेकर्डिङ स्टुडियोले कभर गीत प्रतियोगिता गराउने भएको छ । ७ नं प्रदेशका कलाकारलार्इ उजागर गर्ने उद्देश्यले यो उक्त प्रतियोगिता अायोजना गर्न लागिएको हो ।

प्रतियोगिता संयोजक गायक रबिन स्वाँर काजीका अनुसार यस प्रतियोगितामा प्रदेश नं ५ र कर्णाली प्रदेशका प्रतिभाहरूले सहभागिता जनाउन सक्नेछन् । गायक स्वाँरकै अनुसार गायन प्रतिभा भएर पनि अार्थिक अवस्थाका कारण अगाडी बढ्न नसकेका प्रतिभालार्इ अगाडी बढ्न मद्दत पुर्याउने यस प्रतियोगिताकाे मुख्य उद्देश्य रहेको छ ।

प्रतियोगिताका सबै कभरहरूलार्इ युट्युबमा समेत राखिनेछ । यसरी राखिएका कभर गीतहरूलार्इ युट्युब मार्फत भोट गर्न सकिनेछ । युट्युबमा सबै भन्दा धेरै हेरिने १ जना महिला र पुरूषलार्इ विजेता घोषणा गरिनेछ ।

त्यसै गरी विजेता २ जनाको अफिसियल गीत र म्युजिक भिडियो रियाज स्टुडियो मार्फत गरिदिने स्टुडियोका संचालक पुस्कर खत्रीले बताए ।