फिचर

कृष्ण राईको शब्दमा राजेश पायल राईले दिए सुमधुर स्वर, दोस्रो गीत बन्यो यस्तो दमदार

अनलाइन नेपालगंज

शनिबार, ९ भाद्र २०७५

अनलाईननेपालगंज डटकम :
अमेरिकामा बसेर करिब ४ बर्ष देखि नेपाली कला र सांगीतिक क्षेत्रमा अग्रसर भएर लागिपरेका कृष्ण राईको दोस्रो गीतको रेकर्डिङ कार्य यति बेला सकिएको छ | पहिलो गीत २०१७ मा तयार गरेका उनले दोस्रो गीत भने अहिले मात्र तयार गरेका हुन् | उनको यस दोस्रो गीतको बोल भने “तिमी बाहेक” रहेको छ | आधुनिक शैलीको यस गीतमा कृष्ण राईको शब्द, बादल लिम्बुको संगीत र राजेश पायल राईको सुमधुर समावेश रहेको छ | आधुनिक भर्सनको यस गीतमा बादल लिम्बुको नै अरेन्ज रहेको छ |

यस गीतको रेकर्डिङ भिडियो पनि सार्वजनिक गरिएको छ | गीत निकै मार्मिक बनेको छ र यसले धेरैको मन छुने संकेत समेत दिइसकेको छ | यस गीतको म्युजिक भिडियो अब निर्माणको तयारीमा रहेको गीतकार कृष्ण राईले बताएका छन् | सके सम्म यसको भिडियो निर्माण गरेर दर्शक श्रोता माझ सार्वजनिक गर्ने उनले जानकारी दिएका छन् | अहिले यहि काम नै उनि ब्यस्त रहेका छन् | हुन त उनको पहिलो गीत पनि बाहिर आउन बाँकी नै छ | २०१७ मा तयार गरेका उनको “तिम्रो रुपै” बोलको पहिलो गीतमा उनको शब्द संगीत र राजेश पायल राईको स्वर समावेश रहेको छ |

उक्त गीतको पनि म्युजिक भिडियो निर्माणकै क्रममा रहेको छ | सम्भवत उक्त गीत पनि छिट्टै नै रिलिज हुने संकेत कृष्ण राईले दिएका छन् | उनको पहिलो र दोस्रो दुवै गीत आधुनिक शैलीमा रहेको छ | प्रेमभावको मिश्रण सहित नै उनको गीत तयार भएको छ | दुवै गीतको रेकर्डिङ भिडियो पनि सार्वजनिक गरिएको छ | गीत सुन्दा नै शब्द निकै राम्रो लाग्छ | यस हिसाबले पनि उनले आफ्नो शब्द लेखन क्षेमताको जादु देखाईसकेका छन् | दर्शक श्रोतालाई पनि गीतको भिडियो कस्तो निर्माण होला भनेर निकै कौतुहलता रहेको छ |


कृष्ण राईको परिचय हामीले गीतकारबाट खोलेता पनि उनि डान्सर, मोडल, क्यामरामेन, सम्पादक, भिडियो निर्देशक, गीतकार र कम्पोजर हुन् | उनि भित्र यति धेरै कला समाहित रहेको छ | ७ बर्ष अमेरिका बस्दा समेत उनले नेपाली कला क्षेत्रलाई बिर्सिन सकेका छैनन् | त्यसैले त उनि आज पनि नेपाली कला क्षेत्रको विकास र संरक्षणको लागि मेहनतका साथ लागिपरेका छन् | अहिले उनले आफ्नो सांगीतिक यात्रा संगै म्युजिक भिडियो निर्देशन पनि गरिरहेका छन् | कला क्षेत्रको विभिन्न पाटोलाई उनले एकसाथ लिएर अगाडी बढिरहेका छन् | उनि निर्देशनमा तयार भएको धेरै म्युजिक भिडियो पनि अहिले बजारमा आईरहेको छ |