फोटो फिचर

दर्शकको लागि केहि नया लिएर आउंदै चार्ली तामाङ, फरक हिसाबले हुँदैछ तयारी

अनलाइन नेपालगंज

शनिबार, २ भाद्र २०७५

अनलाईननेपालगंज डटकम :
सिन्धुलीका एक युवा जसले निराशालाई नै शक्ति बनाए र चुनौतीलाई अवसरमा परिणत गरे उनि हुन् चार्ली तामाङ | उनको परिचय धेरै हिसाबले खुलेको छ | उनि एक डान्सर, मोडल र म्युजिक भिडियो निर्देशक हुन् | ३ तहमा उनको परिचय खुलेको देखिन्छ | सामान्य परिवारमा जन्मेर हुर्केका उनि जसले बाल्यकाल देखि नै नेपाली कला क्षेत्रमा केहि गर्ने सपना बोकेर अगाडी बढेका थिए | आज धेरै समय तर अत्यन्तै धेरै मेहेनतले उनले सफलता हासिल पनि गरेका छन् | युवा पुस्ताको लागि नै उनि एक उदहारण भएर उभिएका छन् |

डेढ बर्ष भयो उनले नेपाली कला क्षेत्रमा आफुलाई अगाडी बढाएको र यो छोटो समयमा नै उनले धेरै सकारात्मक परिणाम हासिल गरिसके | अहिले सम्म करिब १ दर्जन भन्दा बढी म्युजिक भिडियो निर्देशन गर्नुको साथै अभिनय समेत गरिसके | मलेसियामा आयोजना हुने अधिकांश सांस्कृतिक कार्यक्रममा उनको उपस्थिति हुने गरेको छ | उनको डान्सको प्रस्तुतिको त्यहाँ धेरै प्रशंसक समेत रहेका छन् | उनले आफ्नो पहिलो प्राथमिकतामा पनि डान्स नै राखेका छन् र भोलि दिन उनलाई एक सफल नृत्य निर्देशक भएर चिनिनु समेत मन छ |

डान्सकै कारणले नै उनले कतिपय अवसर समेत दिलाएको छ | केहि समय अगाडी मात्र मलेसियामा परदेशी म्युजिक प्रा.लि ले आयोजना गरेको डान्स प्रतियोगिता जितेर चार्ली तामाङले म्युजिक भिडियोमा अभिनय गर्ने अवसर पाए | उक्त अवसरको उनले सहि रुपले सदुपयोग गरे | उनले उक्त म्युजिक भिडियोमा आफ्नो अभिनय क्षेमता र डान्सको प्रदर्शन गरेको जसको कारण उनले धेरै दर्शकहरुबाट राम्रो तारिफ पनि पाए | त्यो संगै उनले सल्लहा सुझाब समेत पाए जसले उनको आगामी प्रस्तुतिलाई उत्कृष्ट बनाउन अझै मदत गर्नेछ | यस म्युजिक भिडियोमा उनि संग कमला राईको अभिनय रहेको छ |

२ जना मोडलको रोमान्टिक अवतार निकै लोभलाग्दो रहेको छ | सुजन न्यौपाने र फुर्बा दोर्जे मोक्तानको छायांकन रहेको यस म्युजिक भिडियोमा विकास ज्ञवालीको सम्पादन र सुजन न्यौपानेको निर्देशन रहेको छ | भिडियो निकै रंगिन बनेको छ | भिडियोको सम्पूर्ण छायांकन मलेसियामा नै गरिएको हो | मलेसियाको रमणीय दृश्यहरु यस म्युजिक भिडियोमा कैद गर्ने प्रयास गरिएको छ | यस्तै यस भिडियोको गीतमा भेष राज बस्नेतको शब्द संगीतको साथमा अरुण श्रेष्ठको स्वर समावेश रहेको छ | उनको अभिनय रहेको “कति आउछौ याद बनि” बोलको रोमान्टिक भर्सनको गीतको म्युजिक भिडियो केहि समय अगाडी मात्र रिलिज पनि भईसकेको छ |

तर अहिले उनको नया म्युजिक भिडियो बाहिर नआएको निकै समय भईसकेको छ | अहिले धेरै दर्शकहरुले उनलाई प्रतिक्रियामा पनि नया म्युजिक भिडियो निकाल्ने आग्रह गरेका छन् | उनि पनि यसै काम नै ब्यस्त रहेका छन् | उनले अब छिट्टै नै आफ्नो एक पछि अर्को म्युजिक भिडियो रिलिज हुने जानकारी उनले दिएका छन् | उनको अनुसार अहिले छायांकनको क्रममा म्युजिक भिडियो रहेको र अबको केहि दिनमा नै धमाधम छायांकन सुरु गरिने समेत बताए | दर्शकहरुको माया र साथको लागि उनले सबै प्रति आभार समेत प्रकट गरेका छन् |

हेर्नुस उनको पछिल्लो म्युजिक भिडियो :