फोटो फिचर

दर्शकले हिरोजन तुम्बाहाम्फे सुब्बालाई भने सम्भावना बोकेको मोडल, सुझाब र सल्लहा आयो यस्तो

अनलाइन नेपालगंज

बिहीबार, ३१ श्रावण २०७५

अनलाईननेपालगंज डटकम :
केहि समय अगाडी जानु कामबाङ लिङदेनको शब्द, गंगा राज राईको संगीत र उदय राज पौडेलको अरेन्जमा “यस्तो एउटा संसार” बोलको निकै सुमधुर गीत तयार भयो | यस गीतमा सुनिता थेगिम र गंगा राज राईको सुमधुर स्वर दिएर यो गीतलाई अझ मर्मशील बनाए | सम्भवत जतिले पनि यो गीत सुन्नु हुन्छ प्रतिक्रिया अवश्य नै दिनुहुन्छ | धेरै दर्शक श्रोताको मन छुने हिसाबले नै यो गीत तयार गरिएको हो | यत्तिका धेरै प्रतिभावान व्यक्तिहरुको मिश्रणले यो गीत बन्यो र दर्शक श्रोता माझ सार्वजनिक गरियो |

सार्वजनिक भए संगै गीतले दर्शक श्रोताको माया पायो | गीतको फरक तरिकाले तारिफ भयो | गायक गायिकाको स्वर देखि अरेन्जर र गीतकार सम्मको चर्चाले गीत निर्माण टिमलाई धेरै हौसला समेत दियो | तर प्रविधिक हिसाबको कुरा गर्ने हो भने युटुबमा त्यति धेरै भिवर्स प्राप्त गर्न यस गीतले सकेन | हुन त गीत संगीतलाई प्राविधिक हिसाबले भन्दा पनि मनको महसुसको हिसाबले सोच्दा नै राम्रो हुन सक्छ | मनको हिसाबमा भने गीतले धेरैको मन छोयो यसमा कुनै शंका नै छैन |

गीतलाई यो हिसाबले बर्णन गर्दै गर्दा गीतको म्युजिक भिडियो पनि राम्रो तयार भयो | मलेसियाको रंगिन वातावरणमा छायांकन गर्दै निर्माण पक्षले भिडियोमा सक्दो ज्यान हाल्ने कोशिश गरे | फुर्वा दोर्जे मोक्तानको छायांकन, राजेन्द्र खड्काको सम्पादन र अमिर माबोको निर्देशनमा यो म्युजिक भिडियो तयार भएको हो | यता २ मोडल हिरोजन तुम्बाहाम्फे सुब्बा र कल्पना गुरुङले पनि सक्दो राम्रो अभिनय प्रयास गरे | सबैको मेहेनतले नै म्युजिक भिडियो राम्रो बन्यो | २ मोडलको जोडीको धेरैले तारिफ गरे | तर फेरी पनि यो २ जोडी एक साथ देखिन्छन् या देखिदैनन त्यो भने समयले नै बताउने छ |

यस म्युजिक भिडियोमा अभिनय गरेका मोडल हिरोजन तुम्बाहाम्फे सुब्बाको यो दोस्रो म्युजिक भिडियो हो | उनले म्युजिक भिडियोमा अभिनय सुरु गरेको धेरै समय भएको छैन अझ भनौ भने केहि महिना मात्र भएको छ | तर उनले छोटो समयमा नै आफ्नो अभिनय क्षेमताले धेरैको मन जितिसकेका छन् | उनलाई एक हिसाबले म्युजिक भिडियो क्षेत्रमा सम्भावना बोकेको मोडलको रुपमा हेर्न समेत थालिएको छ | पहिलो म्युजिक भिडियोबाट नै कोरियन लुक्स मोडलको उपनाम पाएका उनले उक्त उपनामलाई दोस्रो म्युजिक भिडियोमा कायम राखे | तर अब उनलाई लुक्स परिवर्तनको सुझाब मिलेको छ |

उनले आफुले दर्शकहरुबाट पाएको सुझाबलाई ध्यानमा राखेको र अर्को म्युजिक भिडियोमा त्यसलाई सदुपयोग गर्ने समेत बताए | उनको यो अभिव्यक्तिले अबको उनको नया म्युजिक भिडियोमा धेरै परिवर्तन हुन सक्ने संकेत समेत दिएको छ | उनले दिएको जानकारी अनुसार अहिले उनको नया प्रोजेक्टको तयारी भईरहेको छ | छिट्टै नै काम सुरु हुने उनले बताए | मलेसियामा बसेर समय निकालेर यो क्षेत्रमा खर्चिन उनलाई गार्हो त अवश्य नै भईरहेको छ तर इच्छाशक्ति बलियो राखेका उनले सहज रुपमा नै काम गरिरहेका छन् |

हेर्नुस भिडियो :