समाचार

नेपाल पत्रकार महासंघ सल्यानको समाचार प्रति ध्यानाकर्षण

अनलाइन नेपालगंज

बुधबार, ३० श्रावण २०७५

“सल्यानका पत्रकार पैसामा बिके” भन्ने समाचार प्रति नेपाल पत्रकार महासंघ जिल्ला शाखा सल्यानले आफुहरुको ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघको आज (मंगलबार) बसेको बैठकले बागचौर नगरपालिका प्रमुख लोकमान बुढाथोकी लगायत अन्य सरोकारवालालाई बिना प्रमाण, तथ्यहिन आरोप नलाउन पनि आग्रह गरेको हो ।

अध्यक्ष प्रतीक इच्छुक शर्मा द्धारा हस्तक्षरित प्रेस विज्ञप्तीमा भनीएको छ, “पत्रकार आचारसंहिता विपरित कार्य भएको प्रमाण भए नेपाल पत्रकार महासंघ सल्यानलाई उपलब्ध गराईदिनु हुन सम्वन्धित सबैलाई अनुरोध गर्दछौ ।”

महासंघले प्रमाण बिना, आचारसंहिताको परिधि भन्दा रहेर पत्रकारिता नगर्न र सबै पत्रकारहरु सचेत एंव जिम्मेवार रहन पनि भनेको छ ।

यस्तो प्रेस विज्ञप्ती हेर्नुहोस । साभार : http://radiomorningstar.com.np//news-details/3151/2018-08-15