स्थानिय समाचार

नागरिकलाई उच्च सर्तकता अपनाउन आग्रह

अनलाइन नेपालगंज

सोमबार, २८ श्रावण २०७५

बाढिको जोखिम बढेकाले कर्णाली नदि तल्लो तटिय क्षेत्र वरपर रहेका नागरिकलाई उच्च सर्तकता अपनाउन आग्रह गरिएको छ । जिल्ला प्रशासन कार्यालय बर्दियाले एउटा सार्वजनिक सुचना जारी गदै सुरक्षित स्थलमा जानका लागी तयारी अवस्थामा रहन आग्रह गरेको हो ।

 

प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपत्त ब्यवस्थापन समिति संयोजक राम बहादुर कुरुवाङ द्धारा जारी गरिएको सार्वजनिक सुचनामा भनिएको छ, “आइतबार राती देखी परेको अविरल वर्षाले कर्णाली नदिको बहाव चिसापानी सोमबार दिउँसो ३ बजेर ४० मिनेट जाँदा सर्तक तह १० मिटर पार गरिसकेको छ ।”