प्रवास
विप्लपद्धारा आन्दोलनको घोषणा , २९ गते नेपाल बन्द गर्ने
अनलाइन नेपालगंज
बुधबार, २३ श्रावण २०७५
दीपक शर्मा
विप्लप नेत्रृत्वको नेपाल कम्युनिष्ट पार्टिले आफना प्रवत्ता तथा स्थायी समिति सदस्य खडकबहादुर विश्वकर्मा लाई वर्तमान सरकारले पक्राउ गरेको विरोधमा आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको छ ।
नेत्रविक्रम चन्द विप्लपले आज प्रेस विज्ञप्ती प्रकाशित गरी प्रहरीले आफना पार्टिका प्रवत्ता सहित ३ जनालाई मंगलवार पक्राउ गरेको विरोधमा साउन २५ गते देशव्यापि कोण सभा , २६ गते विरोध सभा , साउन २७ गते भन्डाफोर , साउन २८ गते मशालजुलुस , साउन २९ गते नेपाल बन्दको आव्हान गरिएको छ ।
विज्ञप्तीमा विना कारण पक्राउ सरकारले पक्राउ गरेको भन्दै तत्काल विता सर्त रिहा गर्न माग समेत गरिएको छ ।