फिचर

पहिरोले घर पुरिदा जारकोटमा एकै घरका चार सहित ५ जनाको मृत्यु

अनलाइन नेपालगंज

आईतवार, २० श्रावण २०७५

जाजरकोट : जाजरकोट सदरमुकाम खलंगामा आइतबार बिहान गएको पहिरोले दुई घर पुरेको छ।  जाजरकोटको भेरी नगरगरपालिका ३ ठाँटी बजारमा गएको पहिरोले दुर्इ पूर्ण रुपमा पुरिएका छन् ।

पहिरोमा परिमा परि एकै परिवारका चार सहित ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरोमा परि लालबहादुर ल्वारका श्रीमती २७ सितली लुहार,  उनकी  छाेरी १० वर्षीया  रञ्जजना लुहार, ६ वर्षीया मणीषा लुहार, ३ वर्षीया भगवित लुहार,  र  तिर्थ बोहोराकी ८ वर्षीया  नाेजमा बाेहरा रहेका जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

पहिरोमा परि घाइते भएका लालबहादुर ल्वारको जिवित उद्दार गरिएको छ । पहिराेले पुरिएकाे  दाेस्राे घर मा खाेजतलास भर्इरहेकाे प्रहरीले जनाएकाे छ ।

अहिले नेपाल प्रहरी, नेपाली सेना र स्थानीयवासीले पहिरो पन्छाएर पुरिएकाहरूको खोजीकार्य गरिरहेका छन्।