मनोरञ्जन

पोर्न साइटमा ​प्रियंका कार्कीको भिडियो !

अनलाइन नेपालगंज

बुधबार, १६ श्रावण २०७५

काठमाडौं । अभिनेत्री प्रियंका कार्की अभिनित नेपाली फिल्म ‘कथा काठमाण्डु’को ‘रातको कुरा’ बोलको गीतलाई पोर्न साइटमा अपलोड गरिएको छ ।
करिब दुई साताअघि रिजिल गरिएको उक्त गीतमा प्रियंकाले निकै हट सीन दिएकी छन् । जसका कारण नेपाली मिडियामा चर्चा पाइरहेको बेला अमेरिकाबाट सञ्चालित पोर्न साइट ‘पोर्न हब’मा उक्त भिडियो अपलोड गरिएको पाइएको छ । उक्त भिडियोको अर्जिनल गीत भने ओलोचनापछि हाइलाइट्स नेपालबाट  हटाइसकिएको छ ।

 

रातको कुरा’मा फिल्मका मुख्य कलाकार प्रियंका र प्रमोद अग्रहरीले ‘हट इन्टिमेट सीन’ दिएका छन् । जसका कारण उनीहरु आलोचित हँुदै आएका छन् । हालैमात्र अभिनेता आयुष्मन देशराज जोशीसँग ‘इन्गेजमेन्ट’ गरेकी प्रियंका ‘रातको कुरा’ गीत रिलिज भएसँगै चर्चा र विवादमा तानिएकी छन् ।
अश्लील भिडियो मात्र अपलोड गरिने ‘पोर्न हब’मा भिडियो अपलोड भएपछि ‘त्यो कस्तो भिडियो हो’ भन्ने सहजै अनुमान लागाउन सकिन्छ । सर्च बटनमा गएर प्रियंका कार्की सर्च गर्ना साथ उक्त भिडियो पाउन सकिन्छ । नेपाली फिल्मी गीतको भिडियो पोर्न साइटमा अपलोड भएको सम्भवतः यो पहिलो घटना हो ।

 

यस विषयमा प्रियंकाले अहिलेसम्म मुख खोलेकी छैनन् । गीत सार्वजनिक हु“दा अमेरिकामा रहेकी प्रियंका शनिबार नेपाल फर्किएकी छन् । विवाह गरेर घरजम गर्ने दौडमा रहेकी प्रियंकाको करिअरमा समेत उक्त भिडियोले दख्खल नपर्ला भन्न सकिन्न ।