प्रवास

जनसम्पर्क समिती नर्वेद्वारा भलिवल प्रतियोगिता सम्पन्न

अनलाइन नेपालगंज

मंगलवार, १५ श्रावण २०७५

नर्वे।  नर्वेको ओस्लोको सङ्स्भानमा नेपाली जनसम्पर्क समिती नर्वेद्वारा आयोजित तेस्रो भलिवल प्रतियोगिता तथा ग्रील पार्टी सफलताका साथ सम्पन्न भएको छ। तेस्रो भलिवल प्रतियोगितामा पुरुषतर्फ नेपोस रेड विजयी भयो भने उप बिजेता एनपीएफ नर्वे बन्यो त्यस्तै महिलातर्फ जेएसएस नर्बे विजयी भयो भने सद्भाव समूह नर्बे उपविजेता बन्यो।

नेपाली जनसम्पर्क समिती नर्वेका सभापति जितेन्द्र शाहीले सो कार्यक्रमलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् । कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी नेपाली काँग्रेसका आमन्त्रित केन्द्रिय सदस्य बालकृष्ण पाण्डे, अतिथि नेपाली जनजाती महासंघका निवर्तमान केन्द्रिय अध्यक्ष नागेन्द्र कुमाल, युरो काँग्रेसका महामन्त्री गंगाधर गौतम, एनआरएनए नर्वेका अध्यक्ष सन्दिप थापा, जिएसएस डेनमार्कका सल्लाहकार प्रकास ढकालको सहभागिता थियो ।