खेलकुद

बुवाको सम्झनामा खेल साम्रागी प्रदान

अनलाइन नेपालगंज

शनिबार, १२ श्रावण २०७५

बर्दिया । खेल क्षेत्रका खेल प्रेमि तथा शिक्षक कमल ढकालले सानो श्री युवा क्लवलाई फूटवलको जाली प्रदान गरेका छन् । खेलप्रेमि ढकालले आफना पिता स्वर्गिय यदुनाथ ढकालको सम्झनामा मधुवन नगरपालिका वार्ड न ८ को सानो श्री युवा क्लवलाई फूटवलको जाली एक कार्यक्रमका बिच प्रदान गरेको अखिल नेपाल फूटवल संघ बर्दियाका उपाध्यक्ष छविलाल ओलीले बताए ।

फुटवलको जाली प्राप्त भएपछि खेलाडीहरुलाई सहज भएको स्थानिय युवाहरुले बताएका छन् । खेलप्रेमि ढकालको वुवा यदुनाथ ढकालको २०५५ साल पुस २ गते निधन भएको हो ।