फिचर

“मायाको तस्बिर” बाट सुरु भयो बिबेक थिङको सांगीतिक क्षेत्रमा यात्रा, अभिनयमा पनि सम्भावना देखाउदै

अनलाइन नेपालगंज

बिहीबार, १० श्रावण २०७५

अनलाईननेपालगंज डटकम :
“मायाको तस्बिर” यो एक आधुनिक गीत हो जसलाई गायक बिबेक थिङले बजारमा सार्वजनिक गरेका हुन् | यहि गीत रिलिज गर्दै उनले नेपाली सांगीतिक क्षेत्रमा आफ्नो पाईला अगाडी सारे | यस गीतमा उनको स्वयमको शब्द रहेको छ भने संगीत अजय तामाङको रहेको छ | गीत निकै मार्मिक शैलीमा तयार गरिएको छ | प्रेम सम्बन्ध र अहिलेको समाजको परिस्थिति यी यस्ता कुराहरुको समायोजनमा गीतलाई तयार गरिएको छ | यस गीतबाट उनको नेपाली गीत संगीतमा उदय भयो र पहिलो गीतबाट उनले धेरै नै माया र साथ पनि प्राप्त गरे | उनले यस गीतबाट गायन र शब्द लेखन मात्र होइन मोडलिङ क्षेत्रमा पनि प्रवेश गरेका छन् | हो दर्शकबिन उनले आफ्नो यस पहिलो गीतको भिडियोमा आफै नै अभिनय गरेका छन् |

उनको यस गीतको भिडियोमा कमल संसारको छायांकन र निर्देशनको साथमा अधिनायक एम शेरचनको सम्पादन रहेको छ | भिडियोमा बिबेक संगै सम्झना चौधरी र रोशन लामाको पनि अभिनय रहेको छ | त्रिकोणात्मक प्रेम सम्बन्धको कुरा यस भिडियोमा चित्रण गरिएको छ | गीतको भावलाई सके सम्म न्यायपूर्ण हिसाबमा भिडियोमा उतार्ने प्रयास निर्माण पक्षले गरेको छ | भिडियोले युटुबमा पनि राम्रै प्रतिक्रिया प्राप्त गरिरहेको छ | दर्शकहरुले आफ्नो पहिलो प्रस्तुतिलाई सहि मुल्यांकन गरेर धेरै र माया र साथ दिनुभएको भन्दै उनले सबै दर्शकहरु प्रति आभार प्रकट गरेका छन् | यस्तै आफुलाई यस क्षेत्रमा प्रवेशको लागि सहयोग गर्नुहुने सबैलाई पनि उनले धन्यवाद ज्ञापन गरेका छन् |

हाल उनि मलेसियामा रहेका छन् | प्रवासमा बसेर नेपाली सांगीतिक क्षेत्रमा काम गर्ने व्यक्तिहरुको सुचीमा उनको नाम पनि दर्ता भएको छ | सर्लाही जिल्लामा जन्मेर हुर्केका उनको नेपाल हुँदा भने सांगीतिक क्षेत्रमा प्रवेश गर्ने इच्छा नभएको होइन तर समयले उनलाई साथ दिएन | सायद भाग्यले मलेसिया देखि नै उनको सांगीतिक क्षेत्रमा प्रवेश लेखेको थियो | करिब ३ बर्ष भयो उनि मलेसिया पुगेको | ३ बर्षको अन्तरालमा उनले सांगीतिक क्षेत्रमा प्रवेश गरेको भने ९ महिना मात्र हुदैछ | उनले लामो समय लिए किन कि उनि पूर्णरुपले तयार भएर मात्र अगाडी आउन चाहन्थे | सांगीतिक क्षेत्रमा उनको प्रवेश हुनुमा उनको परिवारको पनि हात छ | हामीले थाहा पाए अनुसार यस क्षेत्रमा प्रवेश गर्ने व्यक्तिहरुलाई परिवारको साथ कम नै हुन्छ सुरुमा |

तर उनले भने आमा बुवाको साथ पाए | उनको बुवाको चाहना नै उनलाई एक सफल गायकको रुपमा हेर्ने थियो | यसकारण पनि उनलाई केहि हद सम्म सजिलो भने भएकै हो | मलेसियामा हुने सांस्कृतिक कार्यक्रमहरुमा उनको उपस्थिति राम्रै रहेको छ | अहिले उनि आफ्नो नया प्रोजेक्टमा ब्यस्त रहेका छन् | केहि समय लिने तर राम्रो प्रस्तुति दर्शक श्रोतालाई दिने उनको सोच रहेको छ | उनले गायन संगै अभिनय क्षेमताको हिसाबमा पनि सम्भावना देखाईसकेका छन् | यस अर्थ उनको दोस्रो गीतको भिडियोमा पनि उनि आफै अभिनयमा देखा पर्ने सम्भावना रहेको छ | अबको दोस्रो गीत भने केहि फरक हुने र दर्शक श्रोताले यसबाट केहि नयापन महसुस गर्नुहुने विश्वास उनले ब्यक्त गरेका छन् |

हेर्नुस भिडियो :