मनोरञ्जन

‘के हुँदैछ आजभोलि’

अनलाइन नेपालगंज

मंगलवार, १९ असार २०७५

काठमाडाैं ।

गायिका लक्ष्मी हमालको दोस्रो गीति एल्बम ‘के हुँदैछ आजभोलि’ गीति एल्बम  सार्वजनिक गरिएको छ ।

गायिका हमालको शब्द र स्वर रहेको गीतमा मायाको महत्वलाई देखाइएको छ । शास्त्रीय संगीतमा आधारित गीति एल्बममा सञ्जय हमालले संगीत दिनुभएको छ । रेडियो नेपालका उपनिर्देशक टीका भण्डारीले एल्बमको विमोचन गर्दै नेपाली गीतसंगीतलाई विकास र विस्तार गर्नका लागि नेपाली समाजको मौलिकतालाई समेट्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा प्रस्तोता समाज नेपालका पूर्वअध्यक्ष हेमन्त शर्माले एउटै गीत सुनेर वा हेरेर गायक तथा गायिकाको सही मूल्याङ्कन गर्न नसकिने बताउँदै सामाजिक यथार्थलाई छुने शब्द गीतमा प्रयोग गर्न सुझाव दिनुभयो ।